निजी पूँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्न एसिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य अवश्यक : अर्थमन्त्री
आर्थिक परिवेश

०४ पुष, काठमाडाैं ।   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताउनु भएको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्नुहुँदै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको हो । सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गर्नु भएको हो । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका…

दिगो विकास लक्ष्यहरु प्राप्तिमा नेपालले उल्लेखनीय प्रगति गरेको छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

०२ पुष काठमाडाै‌ ।   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताउनु भएको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले त्यसताे कुरा बताउनु भएकाे हाे  । उहाँले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक प्रयासका कारण विश्वव्यापी रुपमा नै दिगो विकास लक्ष्य प्राप्तिका लागि अदिस अबाबा एजेन्डा कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको बताउनु भयाे  । अल्पविकसित र विकासोन्मुख देशहरूमा वित्तीय अन्तर विकास गतिको निरन्तरताका लागि महत्वपूर्ण मुद्दा भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले बजेट योजना, स्रोत…

राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा दुइ देशका व्यवसायिक निकायहरु बीच सम्झौता
आर्थिक परिवेश

०१ पुष, काठमाडौं ।  नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न विषयमा दुइ देशका व्यवसायिक निकायहरु बीच सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो । सोमबार दुईपक्षीय सम्झौता गर्न अयाेजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा  सम्झौता कोशेढुंगा हुने बताउनु भयाे । प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै उहाँले उक्त  सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताउनु भयाे । नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका…

उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड प्रस्थान
आर्थिक परिवेश

०१ पुष काठमाडौँ ।    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड जानुभएको उहाँको सचिवालयले जनाएको छ । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोग युएनइस्क्यापले  आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ र ३ गतेसम्म बैककमा अायाेजना हुन लागेकाे छ ।

नेपालले कम्बोडिया भैरहवा कम्बोडिया सिधा उडान गर्न  कम्बाेडियासँग  प्रस्ताव गरयाे
आर्थिक परिवेश

  ३० मंसिर,  काठमाडौँ ।    नेपालले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडान संचालन गर्न  कम्बाेडियासँग  प्रस्ताव गरेकाे छ । नेपाल  भ्रमणामा रहनु भएका  कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएकाे शिष्टाचार एवं बिदाइ भेटघाटका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गर्नु भएको हो । मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकोबारे समेत जानकारी गराउनु भएको थियो । यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी “बौद्ध सर्किट“ को विकास गर्न सकिने । पर्यटन प्रवर्द्धनका लागि दुवै देशका बिचमा कला, सङ्गीत, र साहित्यमा सहकार्य तथा…