राष्ट्रपतिले जापानको औपचारिक भ्रमण गर्नुहुने
आर्थिक परिवेश

१७ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो ।   भ्रमण सम्पन्न गरी उहाँ यही माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कनुहुने कार्यक्रम छ ।   भ्रमणका अवसरमा राष्ट्रपति…

आठ हजार ५६५ वटा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन ४० प्रतिशतले वृद्धि
आर्थिक परिवेश

२९ पुष,काठमाडौँ ।   नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले आठ हजार ५६५ वटा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको जनाएकाे छ । गत आर्थिक वर्षमा इकाईमा प्राप्त प्रतिवेदनहरूको विश्लेषणसमेत गरी शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन करिब ४० प्रतिशतले वृद्धि भएको छ  । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै  नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्कारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल/सिएफटी) का सम्बन्धमा इकाईले गरेका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमको विवरण उल्लेख गरेको छ । इकाईमा प्राप्त हुने शङ्कास्पद कारोबारको…

व्यापार तथा लगानी विस्तार बारे गहन छलफल
आर्थिक परिवेश

२३ पुष, काठमाडौँ ।    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरी व्यापार तथा लगानी विस्तार बारे  छलफल गर्नुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा आज दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । त्यस अवसरमा उहाँहरूबीच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तारका साथै नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, पूर्वाधार तथा सूचना प्रविधिजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार…

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) भाेलीबाट प्रयाेगमा आउने
आर्थिक परिवेश

१५ पुष, काठमाण्डौ ।   सरकारले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System, FNMIS)   संचालनमा ल्याउने  भएको छ । विदेशी नागरिकले नेपालमा आएर गर्न सक्ने नेपाल विरोधी गतिविधि तथा उनीहरु नेपाल भ्रमणमा रहेका बेला उनीहरुलाई पर्ने सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखी निगरानी गर्न तथा उनीहरुको नेपाल यात्रा अवधीलाई सुरक्षित र भरपर्दो बनाउन त्यसतो प्रणाली संचालन गर्न लागिएको अध्यागन विभागले जनाएको छ । आगामी जनवरी १ तारिकदेखि संचालन हुने विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको अध्यागमन विभागको संयोजनमा विभिन्न पर्यटकीय निकायहरु होटल, ट्राभल एजेन्सी,ट्रेकिड.एजेन्सी, विदेशी मुद्रा सटही केन्द्र, आन्तरिक विमान कम्पनी,टुरगाइड एशोसिएसन,पर्वतारोहण संघ लगायतले प्रणालीको माध्यमबाट त्यस्तो विवरणहरु राख्ने छन्…

नवनियुक्त मन्त्री बालानन्द शर्माकाे शपथ र पद बहाली
आर्थिक परिवेश

११ पुष काठमाण्डाै ।    नवनियुक्त मन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ। शुक्रबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएकाे हाे । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित संवैधानिक अंगका प्रमुख र सरकारका उच्च पदस्थ कर्मचारीहरुकाे  सहभागी रहेकाे थियाे  । याे। यसअघि प्रधानमन्त्री कार्कीले शर्मालाई मन्त्री नियुक्त गरेर परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनु भएकाे थियाे । नवनियुक्त मन्त्री शर्माले शुकंवार नै परराष्ट मन्त्रालयमा पद बहाली गर्नु भएकाे छ ।