७ महिनामा सरकारकाे विकास खर्च १७ दशमलव ४३ प्रतिशत मात्र भयाे
आर्थिक परिवेश

१ फागुन,काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सरकारले पूँजीगत खर्च १७ दशमलव ४३ प्रतिशत अर्थात् ६६ अर्ब २९ करोड ८४ लाख बराबर मात्रै गरेको छ । चालु बजेटमा सरकारले पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रकम विनियोजन गरेको थियो । यस ७ महिनाको अवधीमा सरकारको बजेट ३७ दशमलव २२ प्रतिशत बराबर मात्र खर्च भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको उल्लेख छ । बजेटमा ११ खर्ब ८३ अर्ब २३ करोड चालु खर्च विनियोजन भएकोमा माघ मसान्तसम्म पाँच खर्ब ३१ अर्ब…

उच्चस्तरीय टोलीद्धारा चिलिमे—त्रिशूली २२० केभी प्रसारण आयोजनाको स्थलगत निरीक्षण  
आर्थिक परिवेश

 २४ माघ, काठमाडौं । युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस  नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०÷१३२÷३३ केभीको क्रमश ः चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिसूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर  २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ । अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी…

चार लाख श्रमिक र रोजगारदाता सामाजिक सुरक्षा योजनामा समेटिए
आर्थिक परिवेश

माघ १९,काठमाडौँ ।  योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् । हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । त्यसै गरी १७ हजार छ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् । कोषले हालसम्म २९ अर्ब १२ करोड योगदान रकम सङ्कलन भएको छ । सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । कोषले २०७६ साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षाका लागि रकम सङ्कलन गर्न थालेको थियो । योगदान रकम सङ्कलन गरेको तीन महिनापछि कोषले योगदानकर्तालाई विभिन्न सुरक्षा योजनाअन्तर्गत…

प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध :प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

माघ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबीको दर घटाउँदै प्रोटिनलगायत पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । काठमाडौँमा आज आयोजित ‘राइट टू प्रोटिन रन’ हाफ म्याराथन पुरस्कार वितरण समारोहमा उहाँले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पुग्न नसकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तथ्याङ्कअनुसार सन् २०१९ मा ३२ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाले उमेर अनुसारको उचाइ प्राप्त गर्न सकेनन् । उमेरअनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता…

विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा राेजगार बनाउने गरी काम गर्छु : मन्त्री भण्डारी
आर्थिक परिवेश

३ माघ,काठमाडौँ । नव नियुक्त  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्ने सम्बन्धी पहिलो निर्णय गर्दै मन्त्रालयमा पदबाहाली गर्नु भएकाे छ । यस अघि विना विभागीय जिम्मेवारीमा रहनु भएका मन्त्री भण्डारीले   अाज मात्रै मन्त्रालयको जिम्मेवारी पाउनु भएकाे हाे । उहाँले पुस १० मा विना विभागीय मन्त्रीको शपथ लिनु भएकाे  थियाे। मन्त्रालयमा उहाँलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गर्नु भयाे  । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको समेत सहभागिता रहेकाे थियो । पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले…