
स्वदेशी तथा मौलिक विशेषता बोकेका रैथाने कृषिउपजकाे संरक्षण गर्नुपर्नेमा जोड
आर्थिक परिवेश०५ माघ, काठमाडौँ । स्वदेशी मौलिक विशेषता बोकेका रैथाने कृषिउपज लोपोन्मुख हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जाेड दिनु भएकाे छ । दोस्रो राष्ट्रिय कृषि जैविक दिवस एवं सप्ताह समारोह समितिले आज यहाँ आयोजना गरेको कृषि जैविक विविधता एवं रैथाने बालीउपज प्रदर्शनीकाे उद्घाटन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मुलुककाे आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयाे । मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिंदै त्यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्याउने बताउनु भयाे । कृषि मन्त्री डा. भुसालले कृषि क्षेत्रमा रहेका…

यस वर्ष नेपालमा ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फल्याे
आर्थिक परिवेश२३ पुष,काठमाडौँ । यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्षको तुलनामा चालु आवमा चार दशमलव ३३ प्रतिशतले धान उत्पादन बढेको जनाएको हो । चालु आवको धान उत्पादन पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव ०८ प्रतिशतले बढेको जनाइएको छ । धान उत्पादन बढे पनि धान खेती भएको जमिन भने घटेको देखिएको छ । कूल धानबाली लगाइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् ८ हजार ८ सय हेक्टरले कमी आई १४ लाख ३८ हजार नौ…

पाेखराका पाँच सहकारी समस्याग्रस्त बचतकर्ताको २ अर्ब ८५ करोड रकम जोखिममा
आर्थिक परिवेश२२ पुष, पाेखरा । पाेखराका पाँच सहकारी समस्याग्रस्त भएपछि कास्कीका बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । हजारौ बचतकर्ता जोडिएका ती सहकारीमा २ अर्ब ८५ करोड बराबर रकम जोखिममा परेको हो । समस्याग्रस्त भएर प्रहरीमा उजुरी परे पछि भएको अनुसन्धानबाट ९३ जनालाई प्रतिवादी बनाइएकोमा हालसम्म २५ जना पक्राउ परेका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी, मित्र मिलन बचत तथा ऋण सहकारी र बलिदानी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बनेका छन् । यी सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् । ती…

सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल ३६ हजार ५० निर्धारण गर्याे
आर्थिक परिवेश१२ पुष, काठमाडौँ । सरकारले २०८०/८१ को लागि गहुँको न्यूनतम सर्मथन मूल्य प्रति क्विन्टल ३६ हजार ५० निर्धारण गर्ने निर्णय गरेकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री कार्यालयको दरबन्दी मध्ये ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । मन्त्री शर्माले कर्मचारी दरबन्दी कटौती गर्ने कार्यलाई अन्य कार्यालयहरूमा विस्तार गर्दै जाने समेत बताउनुभयो । सञ्चारमन्त्री शर्माले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचना सहित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत गर्ने निर्णय अनुसार हालको…

सुनकोशी मरिण डाइभर्सन आयोजनाकाे काम तिब्र गतिमा १३ मध्ये करिव ११ किमि सुरूड. सकियाे
आर्थिक परिवेश१० पुष, काठमाडौँ । मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला राष्ट्रिय गौरवको आयोजनाकाे रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाले भने छाेटाे समयमा उल्लेखनीय प्रगति गरेको छ । वर्तमान सरकारले सो आयोजनालाई विशेष महत्त्व दिएको र निमार्ण कार्यलाइ सहजीकरणा गर्नुका साथै निरन्तर अनुगमन गरेका कारणा अायाेजना निर्माणकाे कामले तिब्रता पाएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हरेक सात दिनमा आयोजनाको प्रगति विवरण लिने गर्नुभएको छ । कुनै समस्या देखिएको खण्डमा तत्कालै समाधान गर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाइएको छ । आयोजना प्रमुख मित्र बरालले २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३…