खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल किनबेच  नगर्न आग्रह
आर्थिक परिवेश

०९ असार, काठमाडौँ  । सरकारकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल किनबेच  नगर्न आग्रह गरेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेकाे छ । पछिल्लाे समय नेपालमा त्यसरी पकाएर फलफूल बिक्रि गर्ने  क्रम बढेकाेले  विभागले कार्वाइड प्रयोग गरेका फलफूल किनबेच  नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिनुभयो । यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले…

पर्वतकाे जलजला तरकारी खेतीले झलमल्ल बर्षेनी ५ कराेड गाँउमा भित्रियाे
आर्थिक परिवेश

०९ असार, सालिजा, पर्वत।   उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी तरकारी   बेचेर वार्षिक  पाँच करोडभन्दा बढी रकम  गाउ भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रमार्फत तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी तरकारी बढी उत्पादन हुने भएकाले किसानले राम्राे  आम्दानी गरेका हुन  । व्यावसायिक तरकारी उत्पादन गर्न थालेपछि यहाँका किसानहरूको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा तरकारी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ…

याेगकाे उद्गमस्थल नेपालमा याेग दिवस मनाइदै
आर्थिक परिवेश

०७ असार , काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । “शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने…

यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय
आर्थिक परिवेश

०६ जेठ, काठमाडौँ ।   यस वर्ष धान रोप्नका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले रोपाइँका बेला मल अभाव नहुने भएकाले ढुक्क भएर कृषि कर्म अघि बढाउन कृषक वर्गमा अनुरोध गरेको छ । धान रोप्नका लागि सुरुको चरणमा डिएपी मल बढी आवश्यक पर्छ । हाल कृषि सामग्री कम्पनी लिमिटेडमा युरिया ५२ हजार १८, साल्ट टेडिङ कम्पनी लिमिटेडमा २६ हजार ५० मेट्रिक टन गरी ७८ हजार १७९ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । यसैगरी डिएपी मल कृषि सामग्री कम्पनीमा पाँच हजार चार सय ३४ र साल्ट टे«डिङ कम्पनीमा चार…

धरानमा  कोशी प्रदेशस्तरीय  कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना
आर्थिक परिवेश

२९ बैशाख, सुनसरी ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्टले) धरानमा  कोशी प्रदेशस्तरीय  कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको  धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका उपकुलपति डा दिलीप सुब्बा र सचिव डा रवीन्द्रप्रसाद ढकालले शुक्रबार उद्घाटन गर्नुभयो । त्यस अवसरमा उपकुलपति सुब्बाले प्रविधिको प्रयोगबाट कृषि उत्पादन बढाउन सकिने बताउँदै त्यसनिम्ति केन्द्रमार्फत किसानलाई सघाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । नगरप्रमुख राईले धरानको विकास आफ्नो एकमात्र लक्ष्य हो भन्दै केन्द्र स्थापनाका निम्ति उपमहानगरपालिकाले पूर्वाधार खडा गरेको जानकारी दिनुभयो । साथै उहाँले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा…