गण्डकी प्रदेशमा चक्लाबन्दी खेती लाेकप्रिय हुँदै किसानले दश प्रतिशत मात्र लगानी गरे हुने
आर्थिक परिवेश

गण्डकी । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी पाँच हजार चार सय रोपनी जग्गामा चाक्लाबन्दी खेती गरिएको छ । नौ जिल्लाका २८ स्थापनामा जग्गा चाक्लाबन्दी गरी व्यावसायिक कृषि उत्पादन सुरु गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रममार्फत सात कृषक समूह÷कृषि सहकारीलाई कृषियन्त्र र उपकरण खरिदमा सहयोग गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ शशी अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयको भूमि स्रोत नक्साङ्कन महाशाखाका अनुसार कास्की, तनहुँ, बागलुङ, गोरखा, मुस्ताङ, लमजुङ, स्याङ्जा, नवलपुरलगायत जिल्लामा जग्गा चाक्लाबन्दी कार्यक्रम सञ्चालन भइरहेको छ । गत आवमा लमजुङ र गोरखामा पाँच सय रोपनी जग्गा चाक्लाबन्दी गरी व्यावसायिक कृषि खेती सुरु गरिएको थियो ।…

भाेजपुर जिल्लाबाट  ३५ करोड २८ लाखको सुन्तला निर्यात
आर्थिक परिवेश

२७ माघ भोजपुर ।   यस वर्ष भाेजपुर जिल्लाबाट  ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । हालसम्म जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको तथ्याङ्क रहेको प्रमुख यादवले बताउनुभयो । “जिल्लाबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ”, प्रमुख यादवले भन्नुभयो, “यहाँको सात सय ९० हेक्टर क्षेत्रमा…

कालीमाटी तरकारी बजारमा विगतमा भन्दा सस्ताे मुल्य
आर्थिक परिवेश

२६ माघ, काठमाडौँ ।   कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । शनिवार  गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी  ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी  २५, आलु रातो प्रतिकेजी  ३७, आलु रातो (भारतीय) प्रतिकेजी  ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी  ६५, गाजर (लोकल) प्रतिकेजी  ४०, गाजर (तराई) प्रतिकेजी  ३० रूपैयामा रहेकाे छ । बन्दा (लोकल) प्रतिकेजी  १५, बन्दा (तराई) प्रतिकेजी  १२, बन्दा (नरिवल) प्रतिकेजी  १२, काउली स्थानीय प्रतिकेजी  १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी  २०, काउली (तराई) प्रतिकेजी  १५ रूपैयामा किनबेच भएकाे छ । त्यसतै…

नेपाली चियाको भारत निर्यातमा देखिएका समस्याका समाधानकाे माग
आर्थिक परिवेश

२३ माघ, काठमाडौँ ।   चिया उत्पादकहरूको नेपाली चियाको भारत निर्यातमा देखिएका समस्याका समाधान गर्न सरकारसँग माग गरेका छन्  । प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिहरूले बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग गर्नु भएको हो । ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महसुलको प्रबन्ध गरिनु पर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष राखेका छन् । चिया उत्पादकहरूको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल…

गण्डकी प्रदेशमा यस वर्ष ४ अर्ब १७ करोड २७ लाखको सुन्तला उत्पादन
आर्थिक परिवेश

२१ माघ, गण्डकी ।   गण्डकी प्रदेशमा यस वर्ष  चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक विवरण अनुसार प्रदेशमा ६६ हजार पाँच सय ७८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । प्रदेशका नौ जिल्लामा पाँच हजार सात सय तीन हेक्टरमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिनु भयाे  । ‘किसानले पाउने प्रतिकिलो सुन्तलाको औसत मूल्यका आधारमा यो वर्ष चार अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ  । प्रदेशमा  सबैभन्दा बढी स्याङ्जा जिल्मामा  एक अर्ब ७१ करोड ६३ लाख ९० हजार रुपैया बराबरको सुन्तला फलेको छ ।  त्यसै गरी तनहुँमा …