रेमशखेतीबाट वार्षिक ५ खर्बको आर्थिक मूल्य सिर्जना हुने
आर्थिक परिवेश२५ पुष, काठमाण्डौ । नेपालको करिब २२ हजार हेक्टर क्षेत्रफलमा किम्बु खेती, रेमश किरापालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृत रूपमा विकास गर्न सके वार्षिक पाँच खर्ब बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको औल्याइएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त रुपमा शनिवार काठमाण्डौमा आयोजित राष्ट्रिय रेशम सम्मेलनमा ह्याण्डलुम फ्याब्रिक्सले त्यसतो जानकारी गराएको हो । सम्मेलनमा नेपालको रेशम विकासको १० वर्षे ढाँचा (२०२६–२०३५) को अवलम्बन, ‘क्लस्टर’मा आधारित किम्बुखेती र रेशम किरापालन, विशेष वित्तीय, व्यापारिक तथा बिमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, एकीकृत ‘नेपाल सिल्क ब्राण्डिङ’ र बजार पहुँचलगायत विषयमा छलफल भएको…
स्याङ्जामा एक अर्ब ३२ करोडको सुन्तला उत्पादन
आर्थिक परिवेश१८ पुष वालिङ (स्याङ्जा)। स्याङ्जा जिल्लामा यस वर्ष एक अर्ब ३२ करोड रुपैया भन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ । गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष…
३५ हजार किसान च्याउ खेतीमा कृषि उत्पादनमा ०.१५ प्रतिशत योगदान
राष्ट्रिय च्याउ दिवस१५ पुष, काठमाण्डौ । नेपालको कृषि तथा अर्थतन्त्रमा च्याउ खेतीले पुरयाएको योगदानलाई थप विस्तार गर्न र च्याउखेतीलाई अभियानकै रुपमा अघि बढाउन सरकारले यस बर्षदेखि १५ पुसलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष ११ पुसमा गरेको निर्णय अनुसार हरेक वर्ष १५ पुसलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने घोषणा भएसँगै पहिलो दिवस मनाइएको हो । नेपालको कुल गार्हस्थ कृषि उत्पादनमा च्याउ खेतीको योगदान ०.१५ प्रतिशत रहेको छ । हाल देशभरि करिब ३५ हजार किसान प्रत्यक्ष रूपमा च्याउ खेतीमा संलग्न भई आयआर्जन गरिरहेका छन् । नेपालमा १ हजार १ सय ५० प्रजातिका…
नेपाल र भारतबीच संयुक्त कृषि कार्य समूह बैठक सम्पन्न
आर्थिक परिवेश१५ पुष, काठमाण्डाै । नेपाल र भारतबीच कृषि क्षेत्रमा द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गठित ‘संयुक्त कृषि कार्य समूह’ (Joint Agriculture Working Group – JAWG) को नवौं बैठक काठमाडौँमा सम्पन्न भएको छ। यही डिसेम्बर २८ र २९ (२०८२ पुस १३ र १४) मा आयोजित दुई दिने बैठक सन् २०२५ को अप्रिल ९ मा दुई देशबीच हस्ताक्षर भएको ‘कृषि सहयोग सम्बन्धी नयाँ समझदारी पत्र’ अनुसार बसेको याे पहिलो बैठक हो । सन् २०२० को जनवरी पछि करिब ५ वर्षको अन्तरालमा यो उच्चस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको हो। बैठकमा दुवै देशबीचको कृषिक्षेत्रको सहकार्यलाई मूर्तरूप दिन आगामी ३ महिनाभित्र ‘द्विवार्षिक कार्य योजना’ (Biennial…
स्याउ निर्यातबाट जुम्लामा यस वर्ष ४५ करोड रकम भित्रिने
आर्थिक परिवेश२९ मंसिर, जुम्ला। जुम्लाबाट यस वर्ष ४१ करोडको स्याउ जिल्ला बाहिर निर्यात भएको छ । आ.व२०८२/०८३ मा जुम्लाबाट ४१ करोड २९ लाख ८९ हजार २७० रुपैयाँ बराबरको स्याउ जुम्लाबाट निर्यात भएको हो । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार कुल चार हजार चार सय ९७ हेक्टर क्षेत्रफल जमिनमा स्याउ खेती भएकोमा कुल उत्पादन १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । जसमा १० हजार मेट्रिक टन जति स्याउ निर्यात हुने र ४० देखी ४५ करोड सम्म आर्थिक रकम जुम्लामा भित्रिने अनुमान गरिएको थियो । तर स्याउ न्युन मात्र निर्यात भएपनि मूल्य वृद्धि भएकाले ४१ करोड बढीको स्याउ निर्यात भएको…