विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले शुरू गरयाे जुम्लामा व्यवसायिक स्याउखेती
आर्थिक परिवेश२५ फागुन, जुम्ला । ‘विप्लव सी’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले पहिलाे पटक जुम्लामा व्यवसायिक सामुहिक स्याउखेती शुरू गरेकाे छ । देशका युवा वेराेजगार भएकाे र मुलुककाे अथर्तन्त्र कृषिकाे विकासबाट मात्र संभव छ भन्दै नेपाल कम्युनिष्ट पार्टीले कृषि अभियान अर्न्तगत सामुहिक खेति शुरू गरेकाे जनाएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ ले उर्वर तथा बाँझो जग्गामा १० हजार बिरुवा रोप्ने लक्ष्यसहित जुम्लामा स्याउका विरूवा राेप्ने कार्यकाे शुक्रवार शुरूवात गर्नु भएकाे छ । कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीति अनुसार जुम्ला हिमा गाउँपालिका-६ हडुल्याम रहेको बाँझो जग्गामा बृहत् स्याउ खेती गर्न लागिएको हो । विप्लवको…
सरकार र दुग्ध किसानबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रमहरू स्थगित
आर्थिक परिवेश२० फागुन, काठमाडौं । दुग्ध किसानहरूले भाेग्नु परेका समस्याका वारेमा सरकारका प्रतिनिधि, दुग्ध विकास संस्थान, डेरी उद्योग र दुग्ध किसानका प्रतिनिधिहरुबीच भएकाे वार्तामा ५ बुँदे सहमति भएको छ । सहमतिसँगै किसानहरुले देशभर अायाेजना गरेका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालको समेत उपस्थितिमा शनिबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा किसान प्रतिनिधिहरुसहित भएको वार्तामा उक्त सहमती भएकाे हाे । सहमती अनुसार किसानहरुलाई उद्योगीहरुले २१ चैत २०८० सम्म सबै खाले बक्यौता तिरिसक्ने लगायतका विषायहरू रहेका छन् । ‘दुग्ध उत्पादक कृषकलाई दूध बिक्री गरेबाफत पाउनुपर्ने रकमलाई निरन्तरता दिई पुस मसान्तसम्मको रुकम भुक्तानी प्रत्येक उद्योगले २१ चैत…
वीरगञ्ज आईसिपीबाट ७ महिनामा १४ अर्ब ९० करोडकाे धान चामल र मकै भित्रियाे
आर्थिक परिवेश१० फागुन,वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जको आईसिपी भन्सार हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १४ अर्ब ८९ करोड ६१ लाख ८१ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ४ अर्ब ९ करोड ५८ लाख ५८ हजार मूल्य बराबरको धान भित्रिएको छ भने १ अर्ब ५ करोड ९१ लाख ४० हजार मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आईसिपी भन्सार नाकाबाट ४ अर्ब ९० करोड ५८ लाख ५८ हजार मूल्य बराबरको मकै भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । यसैगरी वीरगञ्ज नाकाबाट…
चितवनका किसानले सडकमा दूध पोखेर विरोध जनाए
आर्थिक परिवेश०६ फागुन, चितवन । दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि भुक्तानी महिनौँसम्म नपाए पछि चितवनका किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । जिल्लाका एक सय १५ भन्दा बढी दुग्ध सहकारी आबद्ध संस्था चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेर विरोध गरेका हुन् । संघका अध्यक्ष किशोर बगालेका अनुसार किसानहरूले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले विरोध स्वरूप दूध पोखेको बताउनु भयो । दूधले बजार नपाएको र साउनदेखि भुक्तानी नपाएको भन्दै दुग्ध उत्पादक किसान आन्दोलित भएका हुन । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका…
विदेशी दूध तथा दुग्धजन्य पदार्थ आयातमा सरकारकाे रोक
आर्थिक परिवेश०६ फागुन, काठमाडौँ । सरकारले बाह्य मुलुकबाट दूध तथा दुग्धजन्य पदार्थ आयातमा रोक लगाएको छ । दूध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत हुन नसकेको र दुग्ध जन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । महाशाखाका अनुसार चिल्लो हटाइएको दूध (स्कीम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी) को पैठारीमा पनि पूर्ण रुपमा रोक लगाइएको छ । यस्तै अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ भने ह्रे र परिवर्तित ह्रे जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेकोमा…