चिया निर्यातमा पुन: भारतीय अवराेध, १० लाख किलाे चिया अलपत्र
आर्थिक परिवेश३१ जेठ, इलाम। भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ । भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताउनुभयो । “किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाएका छौँ, तर बजारमा बिक्री हुनसकेको छैन । भण्डारण गर्ने ठाउँसमेत भरिइसकेको…
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
आर्थिक परिवेश३० जेठ, काठमाडौँ । संघीय कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी)तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको जनाएको छ । मन्त्रालयका अनुसार सरकारका १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत प्रमुख खाद्यान्न बालीको एमएसपी निर्धारणसम्बन्धी कार्य सम्पन्न भएको हो । यसका लागि ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गरिएको छ । उक्त निर्देशिका गत वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको तथा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । कृषि,…
चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरणतर्फ उद्योगमन्त्री
आर्थिक परिवेश१३ जेठ काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भारतमा चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरण तर्फ अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषयमा आजको बैठकमा जवाफ दिनुहुँदै उहाँले वार्षिक दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेकामा पछिल्लो समय निर्यातमा आएको समस्या सहजीकरणको प्रयास गरी समाधानतर्फ गएको बताउनुभयो । चिया निर्यातको ८० देखि ९० प्रतिशत भारतमा हुने गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चिया निर्यातको सहजीकरणका लागि मन्त्रालयबाट गत चैत ३० गते नै पत्राचार गरिएको छ । यससम्बन्धी समस्या र समाधानका लागि भइरहेको…
सरकारले वर्षे धानको न्यूनतम समर्थन मूल्य ताेक्याे
आर्थिक परिवेश११ जेठ, काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । साेमवार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै मोटो धानको ३ हजार ६ सय ६० रुपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३ हजार ८ सय ६० रुपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले नेपाल चिन जोड्ने विद्युत् प्रसारण लाइन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चिन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ…
चिया निर्यातमा भारतीय पक्षले गरेको अवरोध तत्कालका लागि हट्याे
आर्थिक परिवेश६ जेठ, झापा । नेपाली चिया निर्यातमा भारतीय पक्षले खडा गरेको नीतिगत अवरोध तत्कालका लागि हटेको छ। भारतको टी बोर्डले गत मे १ देखि लागू गरेको आयातित चियाको अनिवार्य परीक्षण सम्बन्धी ‘स्टयान्डर्ड ओपरेटिङ प्रोसिड्युर’ (एसओपी) मा मंगलबार संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः पूर्ववत् रूपमा सुचारु हुने भएको हो। भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफएसएसएआई), भन्सार विभाग र चिया बोर्डका अधिकारीहरूबीच भएको संयुक्त बैठकको निर्णयअनुसार जारी गरिएको यस नयाँ व्यवस्थासँगै भारततर्फ रोकिएको नेपाली चियाको निर्यात बुधबारदेखि पूर्ववत् रूपमै सञ्चालन हुने बाटो खुलेको हो । भारतीय वाणिज्य मन्त्रालयको प्रत्यक्ष निर्देशनमा टी बोर्डले जारी गरेको नयाँ सूचनाअनुसार भारतमा घरेलु बिक्रीका…