विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक सुधार ल्याउनुपर्छः प्रधानमन्त्री
आर्थिक परिवेश

३१ साउन, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हामी गम्भीर विषयमा छलफल गरिरहेका छौँ। हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ। नकारात्मक चीजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्ने बताउनुभयो। सोंच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर…

उपत्यकामा सुकुम्बासी व्यवस्थापन सम्बन्धी बैठक प्रम र बालेन साहकाे सहभागिता
आर्थिक परिवेश

   ३० साउन , काठमाडौँ।   प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौँ उपत्यकामा सुकुम्बासी व्यवस्थापन सम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “सार्वजनिक महत्वका विषयको दीर्घकालीन अर्थ हुन्छ, त्यस्ता विषयमा हाम्रो सबैभन्दा बढी ध्यान दिनुपर्छ। एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्त सार्ने र समस्याबाट उम्किने काम हामी कसैले पनि गर्नु हुँदैन। त्यसतर्फ तपाईहरूले ध्यान दिनुस्।” छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरूङ, भूमि व्यवस्था,…

यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि परिसंघको आग्रह
आर्थिक परिवेश

२२ साउन, काठमाडौं ।  नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको हो । आज मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय, सहकार्यमा जोड दिनुभयो । उहाँले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । युरोपका पर्यटकहरु धेरै खर्च गर्ने मध्येमा पर्ने…

लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै बागलुङ
आर्थिक परिवेश

२० साउन, बागलुङ ।  लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ । सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो । अध्यक्ष ढकालले नेपालमा आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि पञ्चकोट एवं श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा निर्माण गरिएको संरचनाको प्रशंसा गर्दै यिनै संरचनालाई संरक्षण र संवर्द्धन गरी आफ्ना सन्ततिसमक्ष पुर्याउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो  । मुक्तिनाथ पिठाधिश्वर कमलयनयन आचार्यको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गर्नुभएका अध्यक्ष ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैधिक…

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान दिनभर जसाे प्रभावित
आर्थिक परिवेश

१२ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रूपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ । “अध्यागमनको सर्भर डाउन भएकाले मेनुअलरुपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ”, प्रमुख सेडाइँले भन्नुभयो । विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र  मेनुअलरुपमा उडान सेवालाई निरन्तरता दिइएको…