भारतीय विमानमा बम नभेटिएपछि अन्तर्राष्ट्रिय उडान सूचारू
आर्थिक परिवेश

०६कातिर्क, काठमाडौँ  । भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो । उक्त विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । उहाँले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताउनुभयो । “विमानको बाहिरी, भित्री र यात्रु तथा सबै सामान जाँच भयो । शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त पनि घोषणा गरिएको हो”, सूचना अधिकारी भूलले भन्नुभयो, “अहिले विमानस्थलको सबै…

नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको शनिवार उद्घाटन
आर्थिक परिवेश

  २९ भदाै काठमाडौँ  ।  काठमाडाैमा एक नयाँ पाँचतारे हाेटल शनिवारदेखि संचालनमा अएकाे  छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको शनिवार उद्घाटन गर्नुभएको हाे  । साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई वटा बेड भएकाे होटलको प्रधानमन्त्री ओलीले शनिवार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । यस होटेलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्नुहुँदै प्रधानमन्त्री तेलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको सुनाउनुभयो । प्रधानमन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित…

क्यानडा जाने विद्यार्थीहरुका लागि दूतावासले दियाे ७ वुदे सुझाव राम्राे जानकारी लिएर आउन आग्रह
आर्थिक परिवेश

१ भदौ, काठमाडौं ।   अध्ययनका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले ७ सुझाव दिंदै सचेत गराएको छ । अहिले विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएकोबारे दूतावासले स्मरण गराएको छ । त्यसैले क्यानडा जानुअघि बस्ने ठाउँको यकिन गर्न सुझाव दिएको छ । अटवास्थित नेपाली दूतावासले नयाँ शैक्षिक सत्रको सुरुआतको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सबै कुराको जानकारी लिएर मात्रै क्यानडा आउन विद्यार्थीलाई सुझाव दिएको हो । यसअघि पनि दूतावासले वैशाखमा विज्ञप्ति जारी गर्दै क्यानडामा विद्यार्थीले आउनेवित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो । यस्तै, दूतावासले जारी गरेका सूचना ( वेबसाइट, फेसबुक…

हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि कुवेतमा सिधा उडान गर्ने
आर्थिक परिवेश

  २८ साउन,  काठमाडौँ ।  हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनः सुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो । यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो । काठमाडौँ–कुवेत–काठमाडौँमा पुनः सुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेका छ । सुरुआतमा, एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ हवाईमार्गमा हप्तामा…

अन्नपूर्ण क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटक गत आर्थिक वर्ष दुई लाख २२ हजार एक सय ८० पुगे
आर्थिक परिवेश

 ०१ साउन, गण्डकी ।   पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र भ्रमण गर्न गत आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक आएका छन् । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् । आयोजना प्रमुख डा रविन कडरियाले अघिल्लो आव २०७९/०८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक…