जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार
आर्थिक परिवेश१२ चैत्र, काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो । सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।…
नेपाल एयरलाइन्सको काठमाडाैं–सिडनी–काठमाडाैं उडान संचालनका लागि प्रकृया अघि बढ्याे
आर्थिक परिवेश११ चैत्र,काठमाडौं । नेपाललले काठमाडाैं –सिडनी–काठमाडाैं उडान संचालनका लागि नेपालको ध्वजावाहक नेपाल एयरलाइन्सलाई तोकेर अष्ट्रेलिया सरकारलाई पत्र पठाएको छ । अष्ट्रेलियाको क्यनवेरास्थित नेपाली दुतावासले काठमाडाैं –सिडनी–काठमाडाैं उडान संचालनका लागि नेपालको ध्वजावाहक नेपाल एयरलाइन्सलाई तोकेर अष्ट्रेलिया सरकारलाई शुक्रवार पत्र पठाएको हो । नेपाल र अष्ट्रेलिया सरकारबीच भएको संझौता बमोजिम अष्ट्रेलिया सरकारको नागरिक उड्डयन निकायलाई पत्राचार गरेको र यो संगै नेपाल एयरलाइन्सकोे काठमाडाैं – सिडनी–काठमाडाैं उडान संचालनका लागि प्रकृया अघि बढेको अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले जानकारीदिनु भयो । उडान संचालनका लागि अस्ट्रेलिया सरकारका निकायहरु संग समन्वय गरी प्राबिधिक प्रक्रिया पुरा गर्न आवश्यक काम अघि बढाएको नेपाल एयरलाइन्सले जनाएको छ ।
नेपाल एयरले दक्षिण कोरियामा उडान गर्ने,महिला विमान चालकले पहिलो अन्तर्राष्ट्रिय उडान गरे
आर्थिक परिवेश२१ फागुन,काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने तयारी अघि बढाएकाे छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ । समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ । दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो । “उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ,…
स्थगित उडान जजीरा एयरवेजले फागुन २५ गतेदेखि गर्ने
आर्थिक परिवेश१७ फागुन,काठमाडाैं । कुबेतको जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्धारित उडानहरु पुनः शुरु गर्ने घोषणा गरेको छ । एयवरेजले आगामी फागुन २५ गतेदेखि सातामा भैरहवाबाट कुवतेसम्मको लागि ३ वटा उडान गर्ने जनाएको छ । जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म एकतर्फी भाडा २८ हजार ८ सय ३६ रुपैयाँ कायम गरेको छ । नेपालस्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले –‘नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा…
एक महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
आर्थिक परिवेश१७ फागुन, काठमाडाैं । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार सात सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा नौ हजार एक सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो…