नेपालमा माइस पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला शुरु
आर्थिक परिवेश

  १२  फागुन , पोखरा ।   पोखरामा आज नेपाल, भारत, चाइना एक्सपो  २०२५ सुरु भएको छ । पोखरासहित नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा उक्त कार्यक्रम सुरु भएको कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनुभयो । प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टर(पाटा)को आयोजनामा भएको उक्त कार्यक्रममा नेपालसहित भारत र चाइनाबाट क्रेता, बिक्रेता, सञ्चारकर्मी र विज्ञ वक्ता लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरू सहभागी रहेको संयोजक भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा करिब ५ सय जनाको सहभागिता भएको आयोजकको भनाइ छ । संयोजक भट्टराईका अनुसार मङ्गलवार र बुधबार बी टु बी कार्यक्रम हुने छ । विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन वटा मुलुक समावेश भई आयोजना…

नेपाल, भारत, चाइना एक्सपो शुरू
आर्थिक परिवेश

११ फाल्गुन,पोखरा ।    पर्यटनको राजधानी पोखरामा भोलि (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ हुने भएको छ । पोखरासहित नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा उक्त कार्यक्रम हुने कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनुभयो । प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा हुने उक्त कार्यक्रममा सहभागी हुन नेपाल सहित भारत र चाइनाबाट क्रेताहरू, विक्रेताहरू, सञ्चारकर्मी र विज्ञ वक्ताहरू लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरू पोखरामा आइसक्नुभएको एसोसिएसनका सदस्य एवं कार्यक्रम संयोजक भट्टराईले जनाउनुभयो । पोखराको वुलौदी स्थित पोखरा इभेण्ट सेन्टरमा सोमबार बिहान ८ः३० बजेदेखि अनौपचारिक रुपमा कार्यक्रम सुरु हुने भएको छ भने बेलुका ६ः०० बजेपछि उक्त कार्यक्रमको नेपाल सरकारका संस्कृति पर्यटन तथा…

नेपालकाे स्वीटजरल्याण्ड जिरी भ्रमण बर्ष घोषणा
आर्थिक परिवेश

२१ माघ जिरी दोलखा ।    दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गरी विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । आन्तरिक एवम् बाह्र पर्यटकलाई जिरीमा भित्राएर आर्थिक विकास गर्ने लक्ष्य सहित नगरपालिकाको १५ औँ नगरसभाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गरेको नगरप्रमुख मित्र जिरेलले बताउनुु भयो । सगरमाथाको प्रवेशद्वारको नामले परिचित जिरीमा विशिष्ट भौगोलिक विशेषता, सामाजिक, सांस्कृतिक तथा धार्मिक धरोहर, लोभलाग्दोट्ठवी हावापानी र जैविक विविधता सहित उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको पालिका प्रमुख मित्र जिरेल बताउनुु हुुन्छ । आगामी फागुन ३ गते जिरी भ्रमण बर्ष २०२५ को औपचारिक उद्घाटन गरिने नगरपालिकाले जनाएको छ । एक वर्षको…

भिजिबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
आर्थिक परिवेश

 २१ पुष  काठमाडौँ ।    प्रतिकूल मौसमका कारण मुलुकका विभिन्न विमानस्थलहरुबाट हुने  हवाई उडान आइतवार  प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन । काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता…

नेपालमा सञ्चालित होटल तथा लजले एकै पटक २२ लाख ३५ हजार जनालाई सेवा दिनसक्ने
आर्थिक परिवेश

१७ पुष   काठमाडौँ ।    नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदन अनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मदेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय…