
बालेन साहबाट सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन
आर्थिक परिवेश२५ चैत्र ,काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक मिचेर बनाइएका प्रहरी बिट हटाउन निर्देशन दिनुभएको छ । कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताउँदै उहाँले ती संरचना आफैँ हटाउन निर्देशन दिनुभएको हो । उहाँका अनुसार हटाउन निर्देशन दिएका प्रहरी बिटमा बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामङ्गल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, चिकमङ्गलम, धोबीचौर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट रहेका छन् । दूतावासलगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको उहाँले जानकारी…

एक महिनामा भित्रिएका विदेशी पर्यटक करिब एक लाख
आर्थिक परिवेश१९ चैत्र, काठमाडौं। मार्च एक महिनाको अन्तरालमा करिब एक लाख विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटकीय सिजनको सुरुवाती महिना मानिने मार्चमा ९९ हजार ४ सय २६ जनाको आवागमन भएको हो। यो आवागमन दरले कोभिड अघिको ७८ प्रतिशत कायम गरेको नेपाल पर्यटन बोर्डको दाबी छ। यो महिना दक्षिण एसियाली पर्यटकपछि नेपाल आउनेमा अत्यधिक आवागमन युरोपबाट भएको बोर्डको विवरणमा उल्लेख छ। दक्षिण एसिया क्षेत्रबाट ३३ हजार ४ सय ५४ र युरोपबाट २३ हजार २ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका छन्। दक्षिण एसियाली क्षेत्रका मुलुकमध्ये भारतबाट आउने पर्यटकको संख्या धेरै छ। एक महिनामा भारतबाट मात्र…

नेपाली मौलिक खानाको संरक्षण र प्रर्वद्धन गर्न भरतपुरमा चौरासी व्यञ्जन खाना
आर्थिक परिवेश१४ चैत्र,चितवन । नेपाली माैलिक खाने कुराहरूकाे प्रवर्दन गर्ने उदेश्यले भरतपुर स्थित चितवन मिडटाउन ( सिएमटी) रिसोर्टमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्न चौरासी व्यञ्जन (खाना) को सेवा शुरु गरिएको छ । नेपाली मौलिक खानाको संरक्षण र प्रर्वद्धन गर्न उक्त अफर शुरु गरिएको छ । सोमबार सांँझ रिसोर्टले पत्रकार सम्मेलन गरी हरेक सोमबार उक्त सेवा दिन थालिएको जानकारी दिएको हो । सो अवसरमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले सुस्ताएको पर्यटनलाई उकास्न र नेपाली मौलिक खानाको स्वाद दिने उद्धेश्यले यो सेवा शुरु गरेको बताउनु भयो । ‘यो रिसोर्ट सीटी होटल हो यहांँ सबै वर्ग तहका आन्तरिक तथा बाह्य पर्यटकले सेवा लिन…

जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार
आर्थिक परिवेश१२ चैत्र, काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल झारेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर इण्डियालाई पत्राचार गरेको छ । गत शुक्रबार नयाँ दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि बिनाअनुमति १९ हजार फिटमाथि उडान भरिरहेको एयर इण्डियाको जहाज अचानक १५ हजार फिटमा झरेको थियो । सोही समयमा मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सको जहाजले उचाइ लिएपछि सम्भावित दुर्घटना टरेको थियो । सोही विषयमा छानबिन गरी कारबाही गरेको ब्यहोरा प्राधिकरणलाई पठाउने सन्देशसहित एयर इण्डियालाई पत्राचार गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।…

नेपाल एयरलाइन्सको काठमाडाैं–सिडनी–काठमाडाैं उडान संचालनका लागि प्रकृया अघि बढ्याे
आर्थिक परिवेश११ चैत्र,काठमाडौं । नेपाललले काठमाडाैं –सिडनी–काठमाडाैं उडान संचालनका लागि नेपालको ध्वजावाहक नेपाल एयरलाइन्सलाई तोकेर अष्ट्रेलिया सरकारलाई पत्र पठाएको छ । अष्ट्रेलियाको क्यनवेरास्थित नेपाली दुतावासले काठमाडाैं –सिडनी–काठमाडाैं उडान संचालनका लागि नेपालको ध्वजावाहक नेपाल एयरलाइन्सलाई तोकेर अष्ट्रेलिया सरकारलाई शुक्रवार पत्र पठाएको हो । नेपाल र अष्ट्रेलिया सरकारबीच भएको संझौता बमोजिम अष्ट्रेलिया सरकारको नागरिक उड्डयन निकायलाई पत्राचार गरेको र यो संगै नेपाल एयरलाइन्सकोे काठमाडाैं – सिडनी–काठमाडाैं उडान संचालनका लागि प्रकृया अघि बढेको अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले जानकारीदिनु भयो । उडान संचालनका लागि अस्ट्रेलिया सरकारका निकायहरु संग समन्वय गरी प्राबिधिक प्रक्रिया पुरा गर्न आवश्यक काम अघि बढाएको नेपाल एयरलाइन्सले जनाएको छ ।