नेपाल ईयुको हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने छ
आर्थिक परिवेश

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ । नेपाल हवाई यातायात नियन्त्रक संघले बुधवार काठमाडौंमा आयोजना गरेको २१ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन(ईयू)को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयन बारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ’विश्वको औसतभन्दा राम्रो’ अवस्था देखिएको चर्चा गर्नुहुँदै उहाँले ईयूले आफ्नो निर्णय बारे पुनर्विचार गर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यन्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो । ईयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर…

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव
reporter

चितवन ।तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले यस वर्षको चितवन महोत्सव पर्यटन क्षेत्र लक्षित गरी आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा आज जानकारी दिइएको हो । पर्यटन र पर्यटन व्यवसायीको उत्थानमा महोत्सव केन्द्रित रहने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिने श्रेष्ठको भनाइ छ । महोत्सवमा पर्यटनसँग सम्बन्धित गतिविधि सञ्चालन गरिने र यसका लागि आवश्यक छलफल भइरहेको…

फेवा जोगाउने गुरु योजना सार्वजनिक
reporter

कास्की । फेवाताल संरक्षण गर्न गुरु योजना तयार गरिएको छ । फेवा तालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्सांकन समितिले गुरुयोजना अनुसार काम भए तालको संरक्षण र विकास गर्न सकिने दाबी गरेको छ । समितिले तालको दीर्घकालीन संरक्षण र विकासका लागि २० वर्षे गुरुयोजना तयार गरेको हो । समितिले तयार पारेको गुरुयोजना लागू गर्न तीनै तहका सरकारलाई सिफारिससमेत गरिएको सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पुण्यप्रसाद पौडेलले बताउनु भयो । समितिले तालको संरक्षण तथा विकासको लागि आगामी दिनमा गरिनुपर्ने कार्य सूचिकृत गरी सरकारलाई सिफारिस गरेको निवर्तमान संयोजक पौडेलले बताउनु भयो । तालको संरक्षण गर्न तयार पारिएको गुरु योजनाले ताल संरक्षण सँगै  ताल अतिक्रमण…

अलैँचीको मूल्य बढ्यो, किसान–व्यवसायीलाई राहत
आर्थिक परिवेश

झापा । ‘कालो सुन’ले परिचित कृषि वस्तु अलैँचीले तीन वर्षपछि केही सन्तोषजनक मूल्य पाएको छ । लगातार ओरालो लागेको मूल्यमा यस वर्ष वृद्धि हुन थालेपछि सम्बद्ध किसान–व्यवसायीले केही राहत महसुस गरेका छन् । यस वर्ष भारतीय बजारमा अलैँचीको माग उच्च रहेकाले नेपाली अलैँचीले राम्रो मूल्य पाएको बताइएको छ । भारतमा मात्रै होइन अन्तर्राष्ट्रिय बजार बङ्गलादेश र दुबईमा समेत अलैँचीको माग बढ्दो रहेकोले नेपाली अलैँचीको मूल्य बढ्दै जाने अनुमान व्यवसायीहरूले गरेका छन् । अलैँची किनबेच हुने यो मुख्य सिजनमा पछिल्लो तीन वर्षमा प्रतिमन २२ देखि ३० हजार रुपैयाँ सम्ममा किनबेच भएको थियो भने यस वर्ष प्रतिमन ४५ हजारमाथि किनबेच भइरहेको निर्यातकर्ता बिर्तामोडका…

‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’
आर्थिक परिवेश

गलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिरलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् । ढोरपाटनमा सडकको सहज पहुँच, होटेल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसँगै थप आकर्षण बढ्न थालेको हो । यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकको आगमन धेरै भएको स्थानीयवासी गगन पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण केही…