पोखरा भ्रमण वर्ष २०२५ भव्यरूपमा मनाउने तयारी
पोखरा भ्रमण वर्ष २०२५

 २० भदाै,पोखरा ।    पोखरा भ्रमण वर्ष २०२५ मनाइरहँदा यहाँ आउने पर्यटकलाई राम्रो स्वागत–सत्कार गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ । शुक्रवार पोखरामा सम्पन्न पृथ्वी होटेल व्यवसायी समितिको १३ औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेशनको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा र लुम्बिनीलाई जोडेर दुवै क्षेत्रमा पर्यटनपोखरा भ्रमण वर्ष २०२५ गर्ने प्रभावकारी कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । ‘ पोखरा जाऔँ, प्रकृतिसँग रमाऔँ’ भन्ने अभियान प्रशंसनीय भएको बताउँदै पर्यटन बोर्डले यसलाई निरन्तर सहयोग गर्ने बताउनुभयो । होटेल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले पोखरालाई अब ग्रेटर पोखराको अवधारणा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो…

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्न छलफल
आर्थिक परिवेश

१० भदाै काठमाण्डाै ।   भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरु पहिचान गरी अघि बढ्नेबारे पनि छलफल भएको छ । छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्य सचिव एकनारायण अर्याल, सचिवहरु तथा नेपाल नागरिक…

गत वर्ष करिव १५ हजार पर्यटकले राराको भ्रमण गरे
आर्थिक परिवेश

२८ साउन,काठमाडौ ।    नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य कर्णाली प्रदेशको मुगु स्थित रारा ताल क्षेत्रमा भर्मणमा जाने  पर्यटककाे स‌ख्या  बर्षेनी बढ्दै गएको छ । असहज सडक तथा बसाई व्यवस्थापन,कठिन भूगोल र पर्यटन पूर्वाधारको अभावका बीच पनि रारा ताल भ्रमण अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक संख्या उल्लेखीय रुपमा बृद्धि भएको हो । नेपालकै सबैभन्दा ठुलो तथा पर्यटनको प्रचुर सम्भावना बोकेको रारा तालको प्राकृतिक सुन्दरता हेर्न देश तथा विदेशबाट पुग्ने गरेका छन् । चैत बैशाख तथा दशैँ तिहारको सिजनमा रारामा अत्यधिक मात्रामा पर्यटक पुग्ने गर्छन् । साउन भदौमा हरियाली वाताबरण भएपनि सडक पूर्वाधार भरपर्दो नहुँदा न्यून मात्रा पर्यटक रारामा पुग्ने गरेका…

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउन प्रधानमन्त्रीकाे प्रतिबद्धता
आर्थिक परिवेश

२३ असार, रुपन्देही ।    होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउन माग गर्दै ज्ञापन पत्र बुझाउनुभएको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलाउन प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विमानस्थल चलाउन प्रधानमन्त्री ओलीले आवश्यक पूर्वाधार समेत पूरा गर्ने बताउनुभएको हो । काठमाडौँमा आयोजित नेपालमा पर्यटन अवस्था चुनौती र सम्भावना विषयक गोष्ठीमा कार्यक्रममा लुम्बिनी प्रदेश हानका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ (सिपी) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएको बताउनुभयो ।

नेपाल एकल साहसिक यात्रा गन्तव्यको सातौँ स्थानमा
आर्थिक परिवेश

१७ असार काठमाडौँ ।  नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढङ्गले प्रस्तुत गर्दै आएको छ । बोर्डले प्रवद्र्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग र समुदाय–आधारित पर्यटन प्रवद्र्धनको नीतिले नेपाललाई एकल यात्रुका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको छ । ‘मच बेटर एड्भेन्चर’को सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक…