निगममा पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल हटाउन निर्देशन
आर्थिक परिवेश

  १६ कार्तिक,काठमाडौँ ।     प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ। पर्यटन मन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो। उहाँले भन्नुभयो, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ। अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन। कतिसम्मको बेथिति हो यो?’ कुनै समय गौरव गर्न लायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख…

हिमपातका कारण लार्केपासका लागि हिँडेका पर्यटकहरू साम्दो क्षेत्रमा रोकिए
आर्थिक परिवेश

   ११ कार्तिक   गोरखा । गएराति देखि परेको हिमपातका कारण लार्केपासका लागि हिँडेका पर्यटकहरू साम्दो क्षेत्रमा रोकिएका छन् । मनास्लु क्षेत्र भ्रमण गर्ने कोही पनि पर्यटकहरू वीच बाटोमा नफसेका र सबै सुरक्षित रहेका छन् । आज बिहानै एक समूहले लार्केपास गरेर फेदी पुगेका छन् । विच बाटोमा मानिसहरू कोही पनि नभएको सूचना आएको साम्दोबाट पर्यटन व्यवसायी निमा लामाले जानकारी दिनुभयो । लार्केपासका लागि अन्तिम गाउँ साम्दो हो । आज लार्के पासका लागि हिँड्न लागेका सय भन्दा धेरै विदेशी पर्यटकहरू साम्दोमा रहेका लामाको भनाई छ । हिमपात अहिले सम्म एक मिटर भन्दा धेरै भएको छ । पर्ने क्रममै रहेकाले मौसम सफा…

हिमपात पछि म्याग्दी र मुस्ताङ भ्रमणमा गएका पर्यटक समस्यामा
आर्थिक परिवेश

११ कार्तिक म्याग्दी।    हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । “सडक र पदमार्गमा हिउँ जमेर यातायात सञ्चालन तथा पैदलयात्रा गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जोखिम हुने भएकाले पर्यटक बास बसेको ठाउँबाट बाहिर निस्किएका छैनन् । ननिस्कन आग्रह समेत गरेका छौँ । ” मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, म्याग्दी र मुस्ताङका जिल्ला प्रशासन…

मुस्ताङमा एकैदिन करिव ७ हजार पर्यटक भित्रिए
आर्थिक परिवेश

 ०८ कात्तिक, मुस्ताङ ।  धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । तिहारलगत्तै शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले राष्ट्रिय राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यहाँ एकैदिन छ हजार ५०६ जना आन्तरिक र ३५३ जना विदेशी पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमुख छिरिङ किप्पा लामाले जानकारी…

८० माथिका ज्येष्ठ नागरिकहरुलाई हवाइ टिकटमा ८० प्रतिशत छुट
आर्थिक परिवेश

०२ कार्तिक काठमाडौँ ।   ८० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले आन्तरिक हवाइ उडानमा टिकट किन्दा ८० प्रतिशत छुट पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा आइतबार बसेको वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीचको बैठकले ८० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले हवाइ टिकटमा ८० प्रतिशत छुट प्रदान गर्ने सहमति गरेको हो। यस्तै, बैठकमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई हवाइ टिकटमा सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गर्ने सहमति जुटेको छ। साथै, ७५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई ७० प्रतिशत छुट दिइनेछ भने फरक क्षमता भएका हवाइ यात्रुहरुको…