राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापनमा उर्जा दक्षता अनुदान कार्यक्रम शुरु
आर्थिक परिवेश

०६ मंसिर,काठमाडौं ।  नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत बिहिवारदेखि नेपालमा शुरू भएकाे छ । उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धनका निमित्त अनुदान योजना प्रारम्भ भएको हाे । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोग वाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुको साथमा कार्वन उत्सर्जन घटाउनु समेत हो । यस पहल अन्तर्गत ऊर्जा परिक्षकवाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरु कार्यान्वयनमा प्रोत्साहन…

एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिन्छ : मन्त्री पौडेल
आर्थिक परिवेश

०४ म‌सिर कुश्मा  पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताउनुभएको छ । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताउनुभयो । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्य सूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उहाँको भनाइ छ । उहाँले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विपन्न र असहाय नागरिकले पनि…

सरकारले तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो बाँढ्ने
आर्थिक परिवेश

 ०२ म‌‌सिर काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौँ आएर बसोबास गरिरहेका तीन हजार एक सय ९१ विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण शुरु गरेको छ । केन्द्रले नेपालका दुर्गम र अति दुर्गम क्षेत्रबाट काठमाडौँमा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण शुरु गरेको हो । विद्युतीय चुल्हो वितरण कार्यक्रमको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मन्त्री खड्काले यस अभियानले नवीकरणीय ऊर्जा प्रवद्र्धन र विस्तारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्युतीय चुल्हो वितरणले दूर दराजबाट काठमाडौँमा अध्ययन गर्न आउने…

नेपाल टेलिकमले रोबोट प्रविधिको प्रयोग गरेर ग्राहकलाई सेवा दिन थाल्याे
आर्थिक परिवेश

०२ मंसिर, काठमाडौं ।  नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिनु भयाे  । ‘कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौ,’ उहाँले भन्नु भयाे , ‘सामान्य सोधपुछदेखि एनटीसी सेवाका ६ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ ।’ रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले बताउनु भयाे  । रोबोटले सेवाग्राहीका…

सरकारले उत्कृष्ट करदातालाई सम्मान गर्याे सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम
आर्थिक परिवेश

 ०१ म‌सिर काठमाडौँ ।    सरकारले उत्कृष्ट करदाताहरु लाई शनिवार एक विशेष समाराेहकाे अायाेजना गरी सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शनिवार सम्मान गरेकाे हो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवम् पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतञ्जलि आयुर्वेद, बैङ्क वित्तीय संस्था र बिमाको कारोबार…