रसुवामा करिब ४० किलोमिटर सडक र ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त
आर्थिक परिवेश

११ भदौ, काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । यस्तै गल्छीबाट त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द छ । पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ । बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ । भारत र…

युवा उद्यमीहरूलाई निर्धक्क भएर लगानी बढाउन आग्रह
आर्थिक परिवेश

०९ भदौ काठमाण्डौ ।   अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन आग्रह गर्नुभएको छ। मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीहरूसँग छलफल गर्दै उहाँले सूचना प्रविधि क्षेत्र सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभयो। “सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,” उहाँले भन्नुभयो, “सरकार तपाईंको साथमा छ। के-के गर्नुपर्ने हो भन्नुहोस्।” विगतमा कृषिजन्य वस्तु उत्पादन र निर्यातमा नेपालमा लामो समय र धेरै लगानी गरेको स्मरण गर्दै उहाँले सूचना प्रविधि क्षेत्र लगानी गरेर पनि कम समयमा प्रतिफल प्राप्त गर्ने क्षेत्र…

नाडा अटो शोको १८ औँ संस्करण मंगलवारदेखि काठमाण्डौमा शूरु
आर्थिक परिवेश

०९ भदौ काठमाण्डौ ।    अटोमोबाइल क्षेत्रले मेला नाडा अटो शोको १८ औँ संस्करण मंगलवारदेखि काठमाण्डौमा शूरु भएको छ । अटोमोवाइलहरुको प्रर्दशनी मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नु भयो । उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले व्यवसायीको मनोबल…

नागढुङ्गा सुरुङमार्ग सोमवारबाट सर्वसाधारणका लागि आंशिक खुला
आर्थिक परिवेश

०८ भदौ, काठमाण्डौ ।    नागढुङ्गा सुरुङमार्ग सोमवारबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा सोमवारदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनु भयो । यस सुरुङमार्गमा अति प्रज्वलनशिल पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनलाई भने प्रवेश दिइने छैन । अन्य ठूला सवारी साधन भने परीक्षणकाल पछि सोही सुरुङमार्ग हुँदै यात्रा गर्न सक्नेछन् । हालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी मात्र सुरुङमार्ग खुला हुनेछ । अवस्था हेरेर १÷२ दिनमा क्रमशः दुईतर्फी ट्राफिक खुला गरिने…

देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी
आर्थिक परिवेश

 ७ भदौ, काठमाडौँ  ।    नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालबीच देशमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्य गरेर अघि बढ्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । एनसीसी अध्यक्ष कमलेश अग्रवाल एनआरएनए अध्यक्ष डा हेमराज शर्माबीच आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुवैपक्षबीच भएको समझदारीपत्रमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासलाई सहजीकरण गर्ने समावेश गरिएको छ । एनसीसीका अध्यक्ष अग्रवालले दुवै पक्षबीच भएको समझदारीले नेपालमा गैरआवासीय नेपालीले प्रत्यक्ष वैदेशिक लगानी भित्राउनको लागि मार्गप्रशस्त गर्ने बताउनुभयो । “हामी दुवै पक्षबीच भएको समझदारीले नेपालमा स्वदेशी तथा…