बागलुङ र पर्वत  जिल्लामा मध्यपहाडी लोकमार्ग अन्तर्गत  एकै पटक पाँच वटा पुल निर्माण शुरू
आर्थिक परिवेश

ढोरपाटन (बागलुङ) I मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वत  जिल्लामा   एकै पटक पाँच वटा पुल निर्माण कार्य सुरु भएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा चार वटा पुल निर्माण थालिएको हो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छभने मोदीखोलामा दुई वटा पुलको काम यही मङ्सिरभित्र सुरु हुने भएको छ । पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सव–इन्जिनियर अस्मिता भट्टराइले जानकारी दिनुभयो । काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उहाँको भनाइ छ । उहाँका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र…

स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश

  १२ म‌सिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी रुपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचे जति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको हो । स्रोतको सुनिश्चितताविना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै उहाँले बजेटको समीक्षा गर्न सकिने तर काम गर्नै शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहितको बैठकमा प्रधानमन्त्री ओलीले बजेट…

एमसीसी आयाेजना अर्न्तगत २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान
आर्थिक परिवेश

 १२ म‌सिर काठमाडौँ ।   मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गत वर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो । एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारणलाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो । यसमा चरण (लट–१० को लप्सीफेदी–रातामाटे–न्यु हेटौडा, दोस्रो चरण  लट–२) को रातामाटे–न्यू दमौली, र तेस्रो चरण (लट–३) को न्यु दमौली– न्यु बुटवलसम्मको प्रसारणलाइन निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द भएको उल्लेख…

११ महिना पछि धितोपत्र बोर्डले अध्यक्ष पायाे
आर्थिक परिवेश

१० मंसिर, काठमाडौं ।   सरकारले  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेकाे  छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सन्तोषनारायण श्रेष्ठलाइ अध्यक्षमा नियुक्त गरेको नेपाल सरकारका  प्रवक्ता पृथिवि सुब्बा गुरुड‍ले जानकारी  दिनु भयाे । यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् । उनले एमबीएसम्मको अध्ययन गरेका छन् । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन रहँदै आएको थियो । पूर्वअध्यक्ष रमेश हमालले कार्यकाल पूरा गरेसँगै गत वर्ष पुस २१ देखि बोर्ड अध्यक्ष पद खाली थियो। ११ महिनापछि सरकारले बल्ल रिक्त पदपूर्ति गरेको हो। पहिले नै रिक्त पदपूर्ति गर्न खोजे पनि नियुक्ति प्रक्रिया गिजोलिन पुगेको थियो। छनोटमा परेकामध्ये…

एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना बन्रे
आर्थिक परिवेश

०८मंसिर,  काठमाडौँ।   मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । सम्झौताअनुसार एक्जीम बैंकले एक अर्ब २४ करोड २५ लाख चिनियाँ युआनअर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ । बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ । आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ ।…