नेपाल उद्योग परिसंघकाे सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान
आर्थिक परिवेश०१ पुष काठमान्डौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सोही उच्च करदाताहरुलाई निजी क्षेत्रकोतर्फबाट परिसंघले सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा बस्तु निर्यातको कारोबार गर्ने मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रा.लि., विशेष उद्योगहरु मध्ये सबै भन्दा बढी आयकर दाखिला गर्ने युनिलिभर नेपाल लिमिटेड, पर्यटन व्यवसाय मध्येबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने सोल्टी…
योजना आयोगले प्रदेश सरकार तथा स्थानीय तहबाट सञ्चालन हुने कार्यक्रमका लागि प्रस्ताव माग्याे
आर्थिक परिवेश२८ मंसिर, काठमाडौं । राष्ट्रिय योजना आयोगले प्रदेश सरकार तथा स्थानीय तहबाट आर्थिक वर्ष २०८३/८४ का लागि संघीय समपूरक अनुदान तथा संघीय विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ। शुक्रबार जारी सूचनाअनुसार सातै प्रदेश सरकार र स्थानीय तहलाई आगामी २०८२ माघभित्र आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणालीमार्फत प्रस्तावसहितको विवरण पेस गर्न भनिएको हो। प्रस्ताव पेस गर्दा समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२’ मा उल्लेखित सर्त तथा प्रक्रिया अनिवार्य पूरा गर्नुपर्नेछ। सूचनाअनुसार जिम्मेवार पदाधिकारीबाट सर्त पूरा भएको प्रमाणीकरण फाराम भरी पेस गर्नुपर्नेछ। प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति/योजना आयोगको सिफारिससहित प्रदेश…
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन बाल अस्पतालको निरीक्षण
आर्थिक परिवेश१६ मंसिर काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गर्नुभएको छ । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गर्नुभएको हो । मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गर्नुभएको थियो । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा कोइरालासँग…
सबै बचत तथा ऋण सहकारीहरुकाे अभिलेखीकरण शुरु
आर्थिक परिवेश११ मंसिर, काठमाण्डौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अभिलेखीकरण बुधबारबाट शुरु गरेको छ । वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरेर प्राधिकरणले अभिलेखिकरणको प्रकृया शुरु गरेको हो । अभिलेखिकरणको लागि सफ्टवेयर तयार पारेर प्राधिकरणले सबै वचत तथा ऋण सहकारीहरुलाई अभिलेखिकरण हुन आग्रह गरेको छ । अभिलेखिकरण भएका सहकारीहरुलाई प्रधिकरणले अनलाइनको माध्यमबाट सञ्चालन इजाजत पनि उपल्बध गराउने व्यवस्था गरिएको छ । प्राधिकरणले बुधवार ललितपुरमा आयोजना गरेको सफ्टवेयर शुभारम्भ कार्यक्रममा आयोगका अध्यक्ष डा खगराज शर्माले फ्टवेयरको शुभारम्भ गर्दै सहकारीहरुको नियमन अनुगमन र सुपरीवेक्षणलाई सहज होस् भन्ने…
एमसिए नेपालबाट सबस्टेन र प्रसारण लाइन निर्माण शुरु
आर्थिक परिवेश१० मंसिर, काठमाण्डौ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमसिए नेपाल मार्फत निर्माण हुने न्यू बुटवल सबस्टेन र १८ किमी प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गर्नुभएको हो । अर्थमन्त्री खनालले यो सबस्टेन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । एमसिसी र एमसिए नेपालको सहयोगबाट सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दै लगेको अर्थमन्त्रीले बताउनु भयो । अमेरिकी राजदूत थम्प्सनले प्रसारण लाइन तथा सबस्टेसनजस्ता आयोजनाले परिवार तथा व्यवसायमा सहज विद्युत् आपूर्ति विस्तार गर्नुका साथै…