सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई नेपाल चेम्बरले सहयाेग गर्ने
आर्थिक परिवेश

भदौ १५,काठमाडौं ।    नेपाल चेम्बर अफ कमर्सले सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनलाई पूर्ण सहयोग गर्ने जनाएको छ । सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते हुने सम्मेलनका लागि चेम्बरले लगानी सहजिकरण, प्रचारप्रसार लगायतका विषयमा सहयोग गर्न लागेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्रीहरु तथा प्रदेश योजना आयोगका सदस्य सहित आईतबार भएको छलफलमा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले लगानी सम्मेलनका लागि पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यसका लागि प्रतिफल दिने आयोजना छनोट र नीतिगत सुधार आवश्यक रहेको अध्यक्ष अग्रवालको भनाई छ । उहा“ले भन्नुभयो, ‘सुदूरपश्चिमको आर्थिक विकासका लागि प्रदेशमा प्राकृतिक…

ग्रीन हाइड्रोजन र इन्धन सेल प्लान्ट स्थापना गर्न समझदारी
आर्थिक परिवेश

 १२ भदाै, काठमाडौँ ।    नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपाल र दक्षिण कोरियाली कम्पनी जि–फिलोस कम्पनी लिमिटेडबीच हरित हाइड्रोजन प्लान्ट र इन्धन सेल प्लान्ट स्थापना गर्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न आधिकारिक रूपमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको हो । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गा वू पार्कले आज हस्ताक्षर गर्नुभएको हो । उक्त समझदारीअनुसार प्रस्तावक कम्पनी जि–फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात् विस्तृत सम्भाव्यता अध्ययन…

विश्वभरिका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान
आर्थिक परिवेश

१० भदाै,काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा आएर लगानी गर्न आह्वान गर्नुभएको छ । एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले विभिन्न कारणले बिदेसिएका र विदेशमा व्यापार गरिरहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गर्नुभएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भन्नुभयो,“देशको विकास र समृद्धि नै नेपालीको सुख तथा समृद्धि भएकाले सरकारले सोहीअनुसार काम गरिरहेको छ । यसमा विदेशमा रहनुभएका नेपालीको सहयोग आवश्यक छ । सरकारले लगानीको वातावरण तयार पारिरहेको छ र अझै सहजीकरण गर्न तयार छ ।” सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका रहेको भन्दै उहाँले यस्ता कार्यक्रम आदानप्रदान हुन…

राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित छूट सार्वजनिक
आर्थिक परिवेश

०८ भदौ, काठमाण्डौ ।  राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा छूट सार्वजनिक गरेको छ । बैँकले घर कर्जा २० वर्ष अवधिका लागि ६ दशमलव ३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख गरेको छ । यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरुका लागि ७ वर्ष अवधिको ६ दशमलव १० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ । बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६ दशमलव ८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने सूचना अधिकारी पवन रेग्मीले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।

औषधि उत्पादन केन्द्र रत्ननगरले नौ प्रकारका औषधि बजारमा पठाउने
आर्थिक परिवेश

०८ भदौ, काठमाण्डौ ।  आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गरी दर्ताका लागि सिफारिसको तयारी गरेको छ । केन्द्रले गत आर्थिक वर्षदेखि औषधि उत्पादनको काम सुरु गरेको हो । गत आवमा १० प्रकारका औषधि सिफारिस गरेकामा यस वर्ष नौवटा सिफारिस गर्ने तयारी गरेको कार्यालयका प्रमुख डा सुरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष सिफारिस गरिएका सबै औषधि चुर्ण (धुलो) छन् । यस वर्ष आठ ‘ट्याबलेट’ र एक भष्म औषधि व्यवस्था विभागमा दर्ताका लागि सिफारिस गर्ने तयारी गरेको हो । बागमती प्रदेश सरकारको अनुमति र संघीय सरकारको मापदण्डमा रहेर औषधि उत्पादन गर्दै आएको…