हिमाल जीवनशैलीकाे प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व रहेकाेमा जोड
आर्थिक परिवेश०३ बैशाख काठमाडौँ । जलवायु परिवर्तनकाे प्रभाव घटाउने विषयमा क्रियाशील विभिन्न क्षेत्रका विज्ञहरुले हिमाल जीवनशैलीकाे प्रमुख स्रोत भएकाले तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व भएकाेमा जोड दिनुभएको छ। सगरमाथा संवादको दोस्रो दिन आज ‘हिमालमा प्रकृति, संस्कृति र साहसिक कार्यको अन्वेषण’ विषयमा भएको छलफलमा उनीहरूले हिमाली पारिस्थितिकीय प्रणालीको सुरक्षाका लागि हिमालको सुरक्षा अपरिहार्य भएकामा जोड दिनुभएको हाे । हिमालदेखि तल्लो तटीय क्षेत्रसम्म संस्कृति र रहनसहन, वन्यजन्तु, जैविक विविधता र पर्यटनका लागि पनि हिमालको संरक्षण गर्नुपर्नेमा विज्ञहरुले जोड दिनुभएको थियो । कार्यकंममा विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले प्रमुख वक्तव्य दिनुभएको थियो । अक्सफामका नदी बेसिन प्रबन्धक राजन…
१० महिनाकाे अवधीमा मुलुककाे विकास खर्च ३४ प्रतिशत
आर्थिक परिवेश०२ जेठ,काठमाडौँ । चालु आर्थिक वर्षकाे १० महिनाकाे अवधीमा मुलुककाे विकास अर्थात पूँजीगत खर्च ३४ प्रतिशत मात्रै भएकाे छ । चालु आर्थिक वर्षकाे २ महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको हाे । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा करिब एक तिहाइ हाराहारी मात्रै पुँजीगत खर्च भएको छ। चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट छुट्याएको सङ्घ सरकारले बैशाख मसान्तसम्म वार्षिक विनियोजनको ३४ दशमलव १६ प्रतिशत अर्थात् एक खर्ब २० अर्ब ३७ करोड बराबर मात्रै खर्च गर्न सकेको छ । यस्तै, चालुगत शीर्षकमा यस अवधीमा ११ खर्ब ४० अर्ब…
१० महिनामा लक्ष्यको ३४.१६ प्रतिशतमात्र विकास खर्च
आर्थिक परिवेश१ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ काे १० महिनामा समेत कमजोर विकास खर्चको सिलसिला दोहोरिएको छ । चालु आव १० महिना (साउन–वैशाख) सम्म सरकारले लक्ष्यको ३४.१६ प्रतिशतमात्र विकास खर्च भएकाे छ । अब आव सकिन २ महिना मात्र बाँकी छ । यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर पूँजीगत बजेट विनियोजन गरेको छ । जसमध्ये वैशाख मसान्तसम्म १ खर्ब २० अर्ब रुपैयाँ खर्च गर्न सकेको छ । सरकारले गत आव यसै अवधिमा लक्ष्यको ३७ प्रतिशत विकास बजेट खर्च गरेको थियो । सरकारले जेठ र असार लागेसँगै विकासका गतिविधि र खर्चको गति बढाउँछ…
स्टार्टअप कर्जा दिने प्रकृया शुरु १ अर्ब वितरण गरिने
आर्थिक परिवेश२४ बैशाख, काठमाण्डौ । सरकारले युवाहरुलाई उद्यमशिल बनाउन र नयाँ प्रविधिका उद्यम स्थापनामा आर्कषित गर्न दोस्रो चरणको स्टार्टअप कर्जा दिने प्रकृया शुरु गरेको छ । नेपाल सरकार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यस बर्षका लागि स्टार्टअप कर्जा दिन विभिन्न ६ सय ६१ कप्पनीहरुलाई छनौट गरेको छ । छनौट भएका कम्पनीहरुले मागका आधारमा राष्ट्रिय बाणिज्य बैकबाट विना धितो ५ लाखदेखि २५ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । त्यसतो कर्जाको ब्याज भने ३ प्रतिशत मात्र तिरे हुने व्यवस्था रहेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले छनौट गरेका ६ सय ६१ कप्पनीहरुलाई कर्जाको लागि राष्ट्रिय बाणिज्य बैकमा सिफरिश गरेको छ । यस बर्षको स्टार्टअप…
चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण हुने
आर्थिक परिवेश२२ बैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमासमेत मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माण गर्ने तयारी गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको लामो समयदेखिको प्रयासपछि आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायित्व सेवाका लागि आज खुला बोलपत्रसमेत आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्कको सहयोगमा सुरु गर्न लागिएको हाे । उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको आयोजना कार्यान्वयन निर्देशनालय…