चार महिनामा नेपालकाे निर्यात ७७.५ प्रतिशतले बढ्याे
आर्थिक परिवेश०७ मंसिर काठमाडौँ । चालु आर्थिक बर्षकाे चार महिनाकाे अवधीमा नेपालबाट हुने निर्यात साढे ७७ प्रतिशतले बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांकले निर्यातमा ह्वात्तै बढोत्तरी देखिएको हो। साउनदेखि कात्तिकसम्म नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँको निर्यात गरेको छ। गत आवको सोही अवधिमा यस्तो निर्यात ५२ अर्ब ६७ करोड ७ लाख १० हजारको भएको थियो। यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजारको आयात भएको छ। विभागका अनुसार गत आवको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजारको आयात गरिएको थियो। योसागै व्यापारघाटा समेत ११.९९ प्रतिशतले…
बीरगंज भन्सारले ४ महिनाको अबधिमा ७५ अर्ब ५९ करोड राजस्व असुल
आर्थिक परिवेश६ मंसिर, वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा रहेको बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को ४ महिनाको अबधिमा ७५ अर्ब ५८ करोड ८५ लाख १५ हजार रुपैया राजस्व असुली गरेको छ । अर्थमन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालय (आईसीपी) लाई ४ महिनाको लागी ८९ अर्ब २३ करोड ७९ लाख ५१ ह्जार राजस्व उठाउने लक्ष्य दिएको थियो । सो समयमा भएका बिभिन्न आन्दोलन, बर्षायामको कारण भन्सार प्रभावित हुनुको साथै माल सामानको आयात समेत घटेको हुदाँ लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको वीरगंज भन्सार कार्यालय (आईसिपी) का प्रमुख भन्सार प्रशासक बिष्णुप्रसाद ज्ञाबलीले जानकारी दिनुभयो । आईसिपी बीरगंजले तोकिएको लक्ष्य…
पारवहन सन्धिका प्रावधानमा संशोधन भैरहवासम्म सडकमार्ग मार्फत सबै किसिमका कार्गो ढुवानी गर्न पाउने
आर्थिक परिवेश२७ कात्तिक, काठमाडौं । दुई देशबीच रेल सम्पर्क विस्तार गर्ने सम्बन्धमा नेपाल र भारतबीच सम्झौता भएको छ । भारत भ्रमणमा रहनु भएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा र भारतीय समकक्षी पियुष गोयलबीचको बैठकमा यस्तो सम्झौता भएको हो । बैठकले नेपाल र भारतबीच पारवहन सन्धिका प्रावधानमा पनि संशोधन गरेको छ । नयाँ संशोधन अनुसार अब कोलकाता/विशाखापटनमबाट विराटनगर–जोगमनीसम्म र कोलकाता/विशाखापटनमबाट नौतनवा (सुनौली) सम्म रेलमार्ग मार्फत र त्यहाँबाट भैरहवासम्म सडकमार्ग प्रयोग गरी सबै किसिमका कार्गो ढुवानी गर्न पाउने गरी सन्धिका प्रावधान संशोधन गर्न ‘लेटर अफ एक्स्चेन्ज’ आदान प्रदान गरिएको छ। यसअघि दुवै नाकाबाट चार वटा बल्क सामानमात्र ढुवानी गर्न पाउने प्रावधान थियो…
सीमानाका सहित रेल सेवा पनि बन्द हुने
आर्थिक परिवेश२१ कार्तिक जनकपुरधाम । भारतको बिहार राज्यमा भइरहेको विधान सभा निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर मधेस प्रदेशसँग जोडिएको विभिन्न जिल्लाका सीमानाका भोली देखि बन्द हुने भएको छ । मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही तथा रौतहटका जिल्ला प्रशासन कार्यालयहरूले आज सूचना जारी गर्दै भोलि साँझ ६ बजेदेखि मङ्गलवार साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाएको हो । बिहार राज्यमा विधान सभा निर्वाचन अन्तर्गत मङ्गलवार दोस्रो चरणको मतदान हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमानाका बन्द गर्न लागिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जारी गर्नु भएको सूचनामा उल्लेख छ । भोलि शनिवार साँझ ६ बजेदेखि मङ्गलवार साँझ ६ बजेसम्म नेपाल–भारत…
वीरगञ्ज नाका हुँदै ६८ करोडका २२९ विद्युतीय जीप,कार र भ्यान आयात
आर्थिक परिवेश२० कार्तिक, वीरगञ्ज (पर्सा)। चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरू आयात भएका छन् । गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै वृद्धि भएको छ । गत आवको तीन महिनामा भने ९७ मात्रै विद्युतीय जीप,कार र भ्यानहरू आयात भएको थियो । सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप,कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व सङ्कलन…