भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् बिक्रि गर्ने
आर्थिक परिवेश

  ३० भदाै,  काठमाडौँ ।   भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । भारतले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ । भारतका अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण मार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइने भएकाे हाे  । भारतले सन् २०२७ जनवरीदेखि हुने विद्युत् निर्यात भने सन् २०२६ डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ ।…

मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमा  एक अर्ब ७८ करोड राजस्व संकलन
आर्थिक परिवेश

 २८ भदाै,  मुस्ताङ। नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमा  एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो । शुक्रबारमात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत रु ३० करोड हाराहारीमा राजस्व सङ्कलन हुने गरेको प्रमुख…

काँकरभिट्टाबाट गत आर्थिक वर्ष २४ अर्ब रुपैया भन्दा बढीको कृषिजन्य वस्तु आयात
आर्थिक परिवेश

 ०७ भदाै,  झापा  ।  नेपालकाे  पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा  २४ अर्ब रुपैया भन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी र २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट  २४ करोड २३ लाख १३ हजारको चामल र कोदो  १८ करोड ८३ लाखको आयात भएको छ । यस्तै, अष्ट्रेलिया र भारतबाट  १८ करोड २७ लाख ९९ हजारको एक…

साउनमा नेपालमा हुने ग्यासको आयात देब्बरले बढ्याे
आर्थिक परिवेश

०६ भदौ, काठमाण्डौ ।  चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात देब्बरले बढेको छ । गत बर्षको साउनको तुलनामा यस बर्षको साउनमा दोब्बरभन्दा बढी मूल्यको खाना पकाउने ग्यास (एलपीजी) आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस वर्षको साउन महिनामा ८ अर्ब ४६ करोड ९२ लाख २८ हजार रूपैयाँ बराबरको ५ करोड ७३ लाख ३४ हजार १०६ किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ । २०८२ सालको साउन महिनामा भने ४ अर्ब ६६ करोड ६४ लाख ६७ हजार रुपैयाँ बराबरको ४ करोड ४३ लाख १८ हजार ८९३ किलोग्राम खाना पकाउने एलपीजी ग्यास आयात भएको थियो ।…

साउनमा निर्यातमा उल्लेख्य सुधार व्यापार घाटा बढ्याे
आर्थिक परिवेश

०६ भदौ, काठमाण्डौ ।   चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको वैदेशिक व्यापार अन्तरगतकाे निर्याततर्फ उल्लेख्य सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिनाको तथ्यांक अनुसार साउनमा निर्यात ६१.७२ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालले ३८ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा यस्तो निर्यात २३ अर्ब ९३ करोड रुपैयाँ थियो । यसरी एक वर्षमै निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढेको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात…