चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले कार्यदल गठन गर्याे
आर्थिक परिवेश

०९ असार, काठमाडौँ । सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ । चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको  द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक रहनु भएकाे छ । त्यसै…

चर्चित राइड-हेलिङ कम्पनी उबरले नेपालमा पनि सेवा सुरु गरयाे
आर्थिक परिवेश

२२ जेठ, काठमाडौं ।   विश्वकाे   चर्चित राइड-हेलिङ कम्पनी उबरले नेपालमा पनि शुक्रबारदेखि औपचारिक रुपमै सेवा सुरु गरेको छ। शुक्रबार आफ्नो सेवा आधिकारिक रुपमा सुरु भएको उबर नेपालले घोषणा गरेको छ। नेपाल एसिया-प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ। उबरले नेपालमा चारपाङ्ग्रे सवारीका लागि उबर गो र उबर कन्फर्ट तथा दुईपाङ्ग्रे सवारीका लागि बाइक सेवा उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार यसले यात्रुलाई सरल, भरपर्दो र सहज यातायात विकल्प प्रदान गर्नेछ। उबरकाे सेवा हाल  विश्वका  ७० भन्दा बढी देशमा सञ्चालित छ। नेपाललाई आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्दै…

सीमा नाकामा ओहोरदोहोर गर्दा ५ सय रुपैयाँ सम्मका सामान भित्तयाउन पाइने
आर्थिक परिवेश

२० जेठ, काठमाण्डौ ।    सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा ५ सय रुपैयाँ सम्मका सामान भित्तयाउन पाइने व्यवस्था गरेको छ । यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय पु¥याएको हो । स्थलमार्गबाट सिमाना ओहोर दोहोर गर्ने व्यक्तिलाई हवाईमार्गबाट आवतजावत गर्ने सरहको सुविधा दिइएको छैन । राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्नेछ . तर, भारतमा अध्ययन गर्ने नेपालीको हकमा भने आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये…

१० महिनामा वीरगञ्ज हुँदै ४ अर्ब २ करोडका विद्युतीय सवारीआयात
आर्थिक परिवेश

१८ जेठ, वीरगञ्ज (पर्सा)।   चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै ४ अर्ब २ करोड मूल्यभन्दा बढीका विद्युतीय सवारीसाधनहरु आयात भएका छन् । गत आवको १० महिनाको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात दुई अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज नाका हुँदै चालु आवमा १५ हजार २७१ वटा विभिन्न थरिका विद्युतीय सवारीसाधनको आयात गरिएको र सोबाट प्राप्त हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । गत आवको १० महिनामा यो नाका हुँदै एक अर्ब ६५ करोड मूल्य पर्ने नौ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात…

१०  महिनामा ८८ अर्ब २२ करोड ८४ लाख मूल्यका नेपाली उत्पादनहरू निर्यात
आर्थिक परिवेश

०९ जेठ,वीरगञ्ज ।    वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८८ अर्ब २२ करोड ८४ लाख मूल्य बराबरको नेपाली उत्पादनहरू निर्यात भएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको तुलनामा यस आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्ममा ६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को  साउन, भदौ, असोज, कार्तिक, मङ्सिर ,पुस ,माघ, फागुन,  चैत्र र बैशाख महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको…