
इन्धनकाे मुल्य बढयाे, राती १२ बजेबाट लागू हुने
आर्थिक परिवेश१ असार, काठमाडौं । नेपाल अायल निगमले इन्धनहरू पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

काँकडभिट्टाबाट १६ अर्ब १९ करोडकाे पेट्रोलियम आयात
आर्थिक परिवेश२२ जेठ, भद्रपुर (झापा)। चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको…

नेपाल बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
आर्थिक परिवेश२१ जेठ, भद्रपुर (झापा)। आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । ने पालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन् । काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड…

१० महिनामा भारत र तेस्रो मुलुकतर्फ ७९ अर्ब ३ करोडको नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश१३ जेठ वीरगञ्ज । वीरगंजस्थित एकीकृत जाँच चौकी (आईसीपी) भन्सार नाकाबाट चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा भारत र तेस्रो मुलुकतर्फ ७९ अर्ब ३ करोड ७४ लाख रुपैयाँ बराबरको नेपाली उत्पादन निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २५ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो। यस वर्ष सो निर्यातमा २१० प्रतिशतको उल्लेखनीय वृद्धि भएको वीरगञ्जस्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। प्रमुख निर्यात सामग्री र गन्तव्य देशहरू वीरगंज नाकामार्फत भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्डलगायत देशहरूमा विभिन्न नेपाली उत्पादनहरू निर्यात भएका छन्। तीमध्ये मुख्य रूपमा प्रशोधित…

१० महिनामा चिया निर्यातमा ४६.१० प्रतिशतले वृद्धि
आर्थिक परिवेश०९ जेठ, भद्रपुर, झापा । देशको पूर्वी नाका काँकडभिट्टाबाट तयारी चिया निर्यातमा वृद्धि भएको छ । मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा चिया निर्यातमा ४६.१० प्रतिशतले वृद्धि भएको छ । अलैँची, अदुवाजस्ता कृषि वस्तुको निर्यात भने अघिल्लो वर्षको तुलनामा घटेको मेची भन्सार कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार चालु आ.व.को १० महिनामा तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार मूल्य बराबरको १३ हजार ८८६.७७ मेट्रिक टन चिया निर्यात भएको छ । गत आ.व. को सोही अवधिमा रु. दुई अर्ब ५२ करोड १० लाख १४ हजार मूल्य बराबरको चिया…