नेपाल र भारतबीच दुई महत्वपूर्ण पाइप लाइन सहित ७ बुँदे सहमति
आर्थिक परिवेश१८ जेठ, नयाँदिल्ली,भारत । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ । त्यसका लागि भारतले झण्डै रु १७ अर्ब बराबरको सहयोग उपलब्ध गराउने भएको छ । त्यसबाट दुई वटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण हुने भएको छ । भण्डारण स्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतको सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै झापामा भण्डारण स्थल…
सुनको मूल्यले नयाँ रेकर्ड प्रतिताेला १ हजार ५ सयले बढयाे
आर्थिक परिवेश१७ जेठ,काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड निर्माण गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेर एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार नौसय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार यस दिन चाँदी २० रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार…
आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर
आर्थिक परिवेश१६ जेठ, काठमाडौं। सरकारले सोमबार सङ्घीय संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो । आर्थिक विधेयकले भ्याट र अन्तःशुल्कमा दिइँदै आएको अधिकांश छुट कटौती गरेको छ । भ्याटका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दरहरू खारेज गरिएका छन् । आयकरतर्फ वार्षिक रु ५० लाखभन्दा बढीको आयमा लाग्ने आयकर बढाइएको छ । पाँचतारे क्षमताभन्दा माथिका होटल, विदेशी मदिरा र १० लाखभन्दा माथिको गरगहनामा विलासिता कर लगाइएको छ । विदेश पढ्न जाने विद्यार्थीले सटही सुविधा लिँदा तीन प्रतिशत…
जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ शुभारम्भ
आर्थिक परिवेश१२ जेठ, काठमाडौ । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । जेठ १० गतेदेखि कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरिएको नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत, कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले जानकारी दिनु भयो । दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गर्नुभयो । एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच…
आ आफ्नो क्षेत्रबाट ईमान्दारिताका साथ भूमिका निर्वाह गर्न मन्त्री रिजालको आग्रह
आर्थिक परिवेश१० जेठ काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आ-आफ्नो क्षेत्रबाट ईमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ । बुधबार मन्त्रालयमा आयोजित व्यापार घाटा न्यूनीकरण कार्ययोजना र नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयन सम्बन्धी बैठकमा मन्त्री रिजालले यस्तो आग्रह गर्नु भएको हो । मन्त्री रिजालको अध्यक्षता बसेको बैठकमा जिम्मेवार मन्त्रालय तथा निकायको उपस्थिति रहेको थियो । नेपालमा नीतिहरु बन्ने तर कार्यान्वयनमा कम जाने तथा बेला बेलामा कार्यान्वयनमा लगिएका नीतिहरुले पनि वाञ्छित नतिजा हासिल गर्न नसकेको आलोचना हुने गरेको भन्दै मन्त्री रिजालले सबैले आ आफ्नो क्षेत्रबाट ईमान्दारिताका साथ अहम भूमिका निर्वाह गर्न आग्रह समेत…