ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजना पक्राउ
आर्थिक परिवेश

२८जेठ, काठमाडौँ । प्रहरीकाे  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजनालाई पक्राउ गरेको छ । ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोटगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठगीको मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका नौजना पक्राउ परेका छन्, अभिषेक बज्राचार्यलाई सुनसरीबाट आज पक्राउ गरिएको हो ।” यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत…

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : सवारी कर्जाको जोखिमभार घट्याे
आर्थिक परिवेश

०४ जेठ, काठमाढौ ।    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ । त्यसैगरी घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टु ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी कर चुक्त प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने व्यवस्था ल्याइएको राष्ट्र बैंकले जनाएको…

इन्टरनेट सेवा प्रदायक संस्थाबाट कूल तीन अर्ब ६४ करोड रकम असुल गर्न बाटाे खुल्याे
आर्थिक परिवेश

३० बैशाख, काठमाडौँँ ।   वर्ल्डलिङ्क कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका विभिन्न आठ वटा रिट खारेज भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नहकुल सुबेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो । यो फैसलासँगै सरकारलाई रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असरउपर गर्ने बाटो असुलीको बाटो खुलेको छ । महालेखापरीक्षकले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन देखि हरेक वर्ष निरन्तर रुपमा इन्टरनेट सेवा प्रदायकहरूले नेपाल…

सुनकाे मुल्य बुधवार ताेलामा २७ सयले घटयाे
आर्थिक परिवेश

१९ बैशाख, काठमाडौँ ।    स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय रूपैयाले  घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो मङ्गलबार दिन सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार तीन सय रुपियाँसम्म पुगेको थियो । चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको एक हजार ६५० रुपियाँ रहेको चाँदी आज एक हजार ६३० रुपियाँ…

मूल्य सूचकाङ्कमा आधारित मूल्यवृद्धि साढे छ प्रतिशतको सीमाभित्रै रहने देखिएको छ : गभर्नर अधिकारी
आर्थिक परिवेश

१५ बैशाख, काठमाडौं। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थव्यवस्था हाल मिश्रित अवस्थामा रहेको बताउनु भएको छ । नेपाल राष्ट्र बैङ्कको ६९औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार नेपाल राष्ट बैकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताउनुभएको हो । “समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेता पनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैङ्क सफल रह्यो”, गभर्नर अधिकारीले भन्नुभयो, । “अघिल्लो आर्थिक वर्ष जस्तै चालु आवमा पनि विप्रेषण आप्रवाह…