बीमा भुक्तानी व्यवस्था सरल सहज हुनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश२५ चैत,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधँै प्रतिबद्ध छ,प्रधानमन्त्री…
सुनकाे मुुल्य ताेलामा एक हजार तीन सय रूपैयाले घट्याे
आर्थिक परिवेश२३ चैत्र, काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य शुक्रवार प्रतितोला एक हजार तीन सय रूपैयाले ओरालो लागेको छ । केही समय देखि लगातार बढने क्रममा रहेकाे सुनको मूल्यमा शुक्रवार भने घटेर काराेवार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यस दिन छाप भएकाे सुनको मूल्य प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयामा काराेवार भएकाे छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला एक लाख ३३ हजार तीन सय ५० रूपैयामा कारोबार भएको तेजाबी सुन आजका…
८ महिनामा विदेशी मुद्राकाे सञ्चिति २१ दशमलव ७ प्रतिशतले वृद्धि
आर्थिक परिवेश२२ चैत्र, काठमाडौं। गत फागुन मसान्तसम्म मुलुकभित्र विदेशी मुद्राको कुल सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड रूपैया बराबरकाे भएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैया बराबर कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड डलर पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा …
सुनकाे मुल्य उकालाे चढ्दाे क्रममा, ताेलाकै १ लाख ३२ हजार नजिक
आर्थिक परिवेश१९ चैत्र, काठमाडौं । पछिल्लाे समय नेपाली बजारमा सुनकाे मुल्य निरन्तर रूपमा बढदै गएकाे छ । बढ्ने क्रममा साेमवार एकै दिन नेपाली बजारमा पहेँलो बहुमुल्य धातु सुनको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छाप भएकाे सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकाेमा साेमवार भने प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयामा काराेवार भएकाे छ । यस्तै, यस दिन तेजाबी सुन भने अाइतवार एक लाख २९ हजार चार सयमा कारोबार भएकाेमा साेमवार भने एक लाख ३० हजार नौ सय ५० रूपैया प्रतिताेलामा कारोबार भएको छ । यस्तै, यस दिन चाँदीको…
नेपाली बजारमा सुनकाे मुल्यले बनायाे रेकर्ड
आर्थिक परिवेश१५ चैत्र, काठमाडौं। स्थानीय बजारमा बिहिवार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार नौ सय तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ । बुधबार प्रतितोला एक हजार चार सय ९० मा कारोबार भएको चाँदी…