नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण
आर्थिक परिवेश

११ बेशाख, नेपालगन्ज ।   भारत सरकारले नेपालगन्ज नाकास्थित एकीकृत जाँच चौकी (आइसिपी) नेपाललाई हस्तान्तरण गरेको छ । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाललाई आइसिपी हस्तान्तरण गरेको हो । नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ ले नेपाल सरकार सहरी विकास मन्त्रालय तथा नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो । भारतले आफ्नो क्षेत्रतिर पनि आइसिपी बनाएको छ भने नेपालतर्फ बनेको आइसिपी हस्तान्तरण गरेको हो । त्यस क्रममा भारतका तर्फबाट दूतावाससहित सम्बन्धित सरोकारवाला अधिकारी तथा नेपालका तर्फबाट मन्त्रालय, विभाग तथा समितिका कार्यकारी निर्देशक…

सुनका मुल्य प्रतिताेला दुई हजार सात सयले घट्याे
आर्थिक परिवेश

११ बैशाख, काठमाडौं  ।   नेपाली बजारमा  मंगलवार  सुनकाे मूल्य उच्च रकमले गिरावट भएको छ । यस दिन  छाप भएकाे सुन प्रति तोला दुई हजार सात सयले घटेकाे हाे  । सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रूपैयामा कारोबार भएको छाप भएकाे सुन मंगलवारका  लागि प्रतितााेला  एक लाख ३५ हजार पाँच सय रूपैयामा काराेवार भएकाे छ । यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा मंगलवार एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ । मंगलवार चाँदीको मूल्य  तोलामा  ४५ रूपैयाले  घटेकाे छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रूपैयामा कारोबार…

देशको आर्थिक विकास र समृद्धिमा लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण : मन्त्री भण्डारी
आर्थिक परिवेश

०६ बैशाख, काठमाडौँ ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिमा लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले राम्रो रेखाङ्कन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकाले यो पेसामा आचारसंहिताको परिपालना अनिवार्य हुने बताउनुभयो । “यस पेसामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्तअनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु”, मन्त्री भण्डारीले भन्नुभयो । अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । उद्योग मन्त्री भण्डारीले…

सुनकाे मुल्य प्रतितोला एक लाख ३५ हजार छ सय पुग्याे
आर्थिक परिवेश

 २५ चैत्र, काठमाडौँ ।  नेपाली बजारमा बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला  एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन एक…

बीमा भुक्तानी व्यवस्था सरल सहज हुनुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

२५ चैत,काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिनुभएको छ । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । “अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बीमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवालाई समतामूलक ढङ्गले स्वास्थ्य बीमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ । यसका लागि सरकार सधँै प्रतिबद्ध छ,प्रधानमन्त्री…