जलविद्युत् कम्पनीहरुको शेयर कारोबार चम्किँदा परिसूचक ‌३३ दशमलव १५ अङ्कले बढयाे
आर्थिक परिवेश

२९जेठ, काठमाडौँ ।     जलविद्युत् कम्पनीहरुको शेयर कारोबार चम्किँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक ‌म‌गलवार ३३ दशमलव १५ अङ्कले बढेको छ । यस दिन नेप्से परिसूचक एक दशमलव ५९ प्रतिशतले बढेर दुई हजार एक सय १५ दशमलव २४ को बिन्दुमा कायम भएको छ । म‌गलवार तीन सय ११ कम्पनीहरुका  एक करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता शेयरहरु  पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार सात सय ३९ रुपैयामा किनबेच भएका छन् । जलविद्युत् कम्पनीहरूको मात्र आज रु दुई अर्ब २८ करोड सात लाख ९० हजार आठ सय ४५ बराबरको ५९ लाख ७९ हजार चार सय…

जग्गा र संरचना भए मात्र धिताेपत्र बोर्डले प्रभावकारी काम गर्न सक्छ : विज्ञ
आर्थिक परिवेश

२५ जेठ, काठमाडौं ।   पूंँजी बजारको विकास र विस्तारसंगै नेपाल धितोपत्र बोर्डले नियमनको प्रभावकारिता अझै बढाउनु पर्नेमा काठमाण्डौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । नेपाल धितोपत्र बोर्डको ३२औ बार्षिकोत्सव समारोहमा अर्थ मन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरेले पूँजीबजारको विस्तारसंगै  नेपाल धितोपत्र बोर्डको लागि अवसर र चुनौती थपिएकोले त्यसै अनुसार नियमनलाई सवल बनाउनु पर्ने बताउनु भयो । बजारको विस्तारले पूँजी परिचालनको अवसर दिएको भन्दै सचिव घिमिरेले बजारमा आउने गलतप्रवृति नियन्त्रण गर्न र पुँजीलाई उत्पादनशिल क्षेत्रमा परिचालनलाई गर्न आग्रह गर्नु भयो । धितोपत्र बजारको विश्वसनियता अभिवृद्धि गर्न जमेर रहेको पूँजी संकलन तथा परिचालनमा बोर्डको कृयाशिललता अझै बढनु पर्नेमा सचिव घिमिरेले…

पहिलाे दिन शेयर बजार दाेहाेराे अंकले बढयाे
आर्थिक परिवेश

२० जेठ, काठमाडौं ।   शेयर बजारको कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को परिसूचकमा दोहोरो अङ्कले वृद्धि भएको छ । सरकारले संसदमा बजेट प्रततु गरे यता निरन्तर घटदै आएको नेप्से परिसूचक यस दिन १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको छ । आइतवार तीन सय २५ कम्पनीहरुको ९६ लाख ९७ हजार कित्ता शेयरह चार अर्ब ३१ करोड १० लाख १५ हजार मुल्यमा किनबेच भएका छन् । यस दिन लगानी समूह उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको कारोवार घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

साताकाे बिहिवार नेप्से परिसूचक करिव २० अंकले घट्याे
आर्थिक परिवेश

१७ जेठ,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिवार  पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव १९ मा सीमित भएको छ । कुल ९८ लाख ६४ हजार चार सय ८२ कित्ता शेयर रु चार अर्ब २१ करोड ७४ लाख ९४ हजार एक सय ९५ मूल्यमा कारोबार भएको हो । नेप्सेका अनुसार नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १०…

नेप्से परिसूचक १५.५४ अंक बढेर २१३१ मा काराेवार पनि वृद्धि
आर्थिक परिवेश

९ जेठ, काठमाडौं ।  ५ कारोबार दिनदेखि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । बुधबार बजारको परिसूचक नेप्से १५.५४ अंक बढेर २१३१ मा पुग्यो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६८ करोडको भयो । नेप्से बढे पनि अधिकांश १६१ कम्पनीको मूल्य घट्यो । ८१ को बढ्यो भने ५ कम्पनी स्थिर रहे । बैंकिङ समूह नै सबैभन्दा धेरै ४.२३ प्रतिशत बढेको छ । बैंकिङका अलवा विकास बैंक ०.३३, होटल तथा पर्यटन १.९० प्रतिशत बढे । ब्यापार ०.०३, अन्य ०.६१, निर्जीवन बीमा ०.६०, माइक्रोफाइनान्स १.१, उत्पादन ०.१५, जीवन…