
शेयर बजार परिसूचक ५१.३१ अंकले बढ्याे,२ अर्ब २० करोड रुपैयाँमाथिको काराेवार
आर्थिक परिवेश०९ जेठ, काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । नेप्से सूचकमा आज एकै दिन ५० अंकमाथिको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५१.३१ अंकले बढ्दै १९ सय ४२ अंकको विन्दुमा उक्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.८५ अंकले बढ्दै ३६७.७४ अंकको विन्दुमा उक्लिएको छ । उसो त आज सेयर कारोबार समेत बढेर २ अर्बमाथि गएको छ । ५१ अंकले नेप्से बढेको यस दिन २ अर्ब २० करोड रुपैयाँमाथिको ६० लाख ६७ हजार कित्तामाथि सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको…

नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्कमा
आर्थिक परिवेश०८ जेठ, काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता शेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ पुगेको छ । नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ । बैङ्किङ र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक…

नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ स्टक एक्सचेञ्जका लागि अगाडि बढाइएको प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिनुभएको छ । अनुमतिपत्र वितरणमा आर्थिक चलखेललगायतमा विषयमा सङ्घीय संसद्मा पनि प्रश्न उठेको तथा सरोकारवालाले यस विषयमा चासो देखाएको र उच्च अदालत पाटनमा यस विषयमा मुद्दा विचाराधीन रहेको अवस्थालाई ख्याल गरेर प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिनुभएको हाे । यही वैशाख २६ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । धितोपत्र बोर्डले आय पत्र माग गर्दै नयाँ स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो । सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेञ्ज कार्यरत…

मंगलवार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएकाे छ
आर्थिक परिवेश१२ वैशाख, काठमाडौं। मंगलबार नेपाली सेयर बजारमा होटल एण्ड टुरिजम क्षेत्रका कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ। होटल एण्ड टुरिजम उपसमूह करिब २ प्रतिशतले बढेको छ भने सर्वाधिक मूल्य बढ्ने कम्पनीको सूचीमा पनि सोही उपसमूह अन्तर्गतका कम्पनी परेका छन्। तारागाउँ रिजेन्सी होटल लिमिटेडको सेयर मूल्य प्रति कित्ता ८ प्रतिशतसम्म बढेको छ। मंगलवार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। सोमबार सामान्य अंकले बढेको बजारले मंगलबार सोही लयलाई पछ्याएको हो। फलस्वरुप मंगलवार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमाथि आइपुगेको छ। यस्तै आज सेन्सेटिभ पनि ४.२७ अंकले बढेको हो। नेप्से पछिल्लो तीन कारोबार दिनपछि १९०० बिन्दुमाथि आइपुगेको हो। परिसूचकसँगै मंगलवार कारोबारमा…

ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजार प्रभावित १ अर्ब ९७ करोड ६० लाख काराेवार
आर्थिक परिवेश२९ चैत्र,काठमाडाै । बैंक तथा वित्तीय संस्थाहरुले वैशाख महिनादेखि ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजार प्रभावित भएको छ। पछिल्ला दिनहरुमा सुस्त रहेको बजारमा यस दिन भने रौनक देखिएको हो। वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झार्ने निर्णय गरेका थिए। त्यसैगरी, फाइनान्स कम्पनीहरुले पनि मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतविन्दु घटाएका छन्। लगानीकर्ताहरुले लामो समयदेखि ब्याजदर घटाउन माग गरिरहेका थिए। यस दिन ब्याजदर घटाउने निर्णय भएसँगै बजारमा त्यसको सकारात्मक प्रभाव परेको जानकारहरु बताउँछन्। शेयर बजार र ब्याजदरको नकारात्मक सम्बन्ध छ। ब्याजदर बढ्दा बजार ओरालो लाग्ने गर्दछ भने ब्याजदर घट्दा बजार बढ्ने गर्दछ। अब ब्याजदर घट्ने भएपछि बजार बढेको हो।…