बजार परिसूचकमा उच्च अंकको वृद्धि काराेवार करिव ७ अर्ब नजिक
आर्थिक परिवेश

०२ पुष, काठमाडौं ।   नेपाली धितोपत्र बजारमा शेयर सोमवार कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । यस दिन बजारको कारोवार रकम पनि उच्च दरले बढेको छ । यस दिन कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्य घटेको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । सोमवार कूल दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता शेयरहरु छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार मूल्यमा किनब्ेच भएका छन् । यो विगत…

नेप्से ३६.८६ अंकले बढ्यो, काराेबार घटेर ४ अर्ब ३० करोडमा
आर्थिक परिवेश

२६ मंसिर, काठमाडौं।  नेपाली शेयर बजारकाे परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ। बजार खुलेको पहिलो १० मिनेटमा ६ अंकले घटेको नेप्से त्यसपछि निरन्तर उकालो लागेको हो। परिसूचक अपराह्‍न २:२० बजे सम्ममा  बढेर १९९० बिन्दुमा पुगेकोमा  त्यसको १३ मिनेटमा १९७५ बिन्दुमा झरेको थियो। त्यसपछि बढेर अन्तिममा १९८५.४४ बिन्दु कायम भएको छ। राष्ट्र बैंकले नीतिगत दरहरु कम गरेको प्रभावस्वरुप वाणिज्य बैंकले ब्याजदर घटाउन थालेपछि सेयर बजार बढेको हो। होटल उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढेको छ। जलविद्युत, वित्त र जीवन बिमा उपसमूहको सूचक पनि ३ प्रतिशत भन्दा बढी उकालो लागेको छ। बोटलर्स नेपाल बालाजु, धौलागिरी लघुवित्त लगायत ८ कम्मपनीको सेयर मूल्यमा…

साेमवार नेप्से परिसूचक दोहोरो अङ्कले घट्याे काराेवार रकमले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश

२५मंसिर, काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार  दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस दिन नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ । आइतबार भएको उच्च अङ्कको वृद्धि आज भने कायम हुन सकेन । यस दिन  कूल एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर  चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ मूल्यमा किनबेच भएका छन् । कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको  २५ करोड १५ लाख ६०…

नेपाली शेयर बजारमा उच्च वृद्धि ३ पटकको सर्किट ब्रेक पछि कारोवार स्थगित
आर्थिक परिवेश

२४ मंसिर, काठमाडौ ।  मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैकले लचकता अपनाए पछि त्यसको प्रभाव आइतवार नेपाली शेयर बजारमा परेको छ । यस दिन सेयर बजार परिसूचक ९ मिनेटको अवधीमा १११.२० अंकले बढेको छ । कारोवार शुरु भएको केही क्षणमै परिसूचक उच्चदरले बढे पछि नेपाल स्टक एक्सचेञ्जले बजारमा ३ पटकसम्म सर्किट लगाएको थियो । यस दिन शेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको छ । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो । पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५…

चार दिनदेखि शेयरबजार निरन्तर घटदै, काराेवार रकममा पनि उच्च गिरावट
आर्थिक परिवेश

१४ मंसिर, काठमाडौँ ।  नेपाली  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साताकाे बिहिवार चाैथाे दिन पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ५६ दशमलव शून्य आठमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको सेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ । कुल ४५ लाख ९५ हजार पाँच…