नेपालकाे वैज्ञानिकक्षेत्र र नीजिक्षेत्र बीच सहकार्य हुने
आर्थिक परिवेश२४ पुष, काठमाडौँ। मुलुकको औद्योगिक विकासका लागि नेपालकाे वैज्ञानिक क्षेत्र र नीजि क्षेत्र बीच सहकार्य हुने भएकाे छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)बी र नेपाल उद्योग वाणिज्य महासङ्घ बीच अध्ययन अनुसन्धान लगायतका विषयमा सहकार्य गर्ने गरी मगलवार छलफल भएकाे हाे । छलफलमा नाष्टका तर्फबाट महासङ्घसँग सहकार्यका लागि विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस भएको छ । नास्टका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बा र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच सहकार्यका विविध क्षेत्रबारे छलफल भएको हो । नास्टले महासङ्घसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ,…
सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध : गृहमन्त्री
आर्थिक परिवेश२२ पुष, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताउनुभयो । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले भारतीय नागरिकले कञ्चनपुरको शुक्लाफाँटाको जग्गामा खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो, “कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हाम्रो भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको अवस्था छ । यसबारे सरकारलाई जानकारी छ, यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । समस्या समाधान गर्न कूटनीतिक छलफल पनि गरेका छौँ…
विकास र समृद्धिको लागि कर्णाली र लुम्बिनी सरकारबीच सम्झौता
आर्थिक परिवेश१२ पुष ,काठमाडाै । विकास र समृद्धिको लागि सहकार्य गर्न कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच सम्झौता भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशमा विकास र समृद्धिको लागि दुई सरकारबीच सम्झौता भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझा प्रतिबद्धतामा नेपालको संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्मअनुरूप सहकारिता, सहअस्तित्व, समन्वय र पारस्परिक सहयोगको सिद्धान्तलाई आत्मसात् गर्दै दुई प्रदेशको अन्तरआबद्धता र सहकार्यलाई सुदृढ गर्दै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको समग्र विकास र समृद्धिका लागि कर्णाली र लुम्बिनीका मुख्यमन्त्रीले…
बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान
आर्थिक परिवेश१० पुष काठमाडाै । सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ प्रदान गरिएको छ। हालै सम्पन्न आईसीटी अवार्ड २०२४ को ग्रान्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२४’ संयुक्तरुपमा शर्मालाई प्रदान गर्नु भएकाे हाे । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रूपैयाँ नगद पुरस्कार समेत पाउनु भएकाे छ । नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको…
पिएसबिका कार्यकारी अध्यक्ष डा.विष्टद्वारा पद तथा गोपनीयताको शपथ
नेपालमा सार्वजनिक सेवा प्रसारण०१ पुष, काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले साेमवार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कार्यकारी अध्यक्ष डा.विष्टले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सार्वजनिक सेवा प्रसारण परिषद्का अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । डा विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बन्नुभएको थियो । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले डा.विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले सार्वजनिक सेवा प्रसारण संस्थाको एउटै व्यवस्थापनबाट सञ्चालन गर्ने गरी केही महिनाअघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको…