मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब
आर्थिक परिवेश

 १७ बैशाख   काठमाडौँ ।   चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत र मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । जसअनुसार यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जिडिपीको आकार हो । तथ्याङ्क कार्यालयले अघिल्लो वर्षको वास्तविक र गत वर्षको संशोधित जिडिपीको आकार पनि सार्वजनिक गरेको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार…

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस हुने
आर्थिक परिवेश

 १६ बैशाख  काठमाडौँ ।   राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले त्यस सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभासमक्ष वाचन गरेर जानकारी दिनुभएको हो । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनका संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने व्यवस्था छ । सभामुख घिमिरेले शुक्रबार अपराह्न  २ः ४५ भित्र निर्धारित पोशाकमा सदनमा उपस्थित भइसक्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि बार्षिक ३० खर्ब २३ अर्ब लगानी आवश्यक
आर्थिक परिवेश

 ०७ बैशाख   काठमाडौँ ।   दिगो विकास लक्ष्य कार्यान्वयनका लागि  २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्य: आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक रुपमा औसत  ३० खर्ब २३ अर्ब लगानी आवश्यक पर्ने जनाएको हो । दिगो विकास लक्ष्यमध्ये कुल लगानी आवश्यकताको सबैभन्दा ठूलो हिस्सा लक्ष्य–९ को कार्यान्वयनका लागि आवश्यक पर्ने आयोगले जनाएको छ । दिगो विकास लक्ष्य–९ उद्योग, नवीन खोज र पूर्वाधार क्षेत्रसँग सम्बन्धित छ । यस क्षेत्रमा कुल लगानीको २४ प्रतिशत लगानी आवश्यक पर्ने जनाइएको छ । त्यसैगरी,…

देश विकासमा मतभेद नराख्न प्रधानमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

 ०५  बैशाख,  चितवन ।   प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासकाे काममा मतभेद नराख्न आग्रह गर्नुभएको छ । भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको शुक्वार  उद्घाटन गर्दै उहाँले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो । सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु प¥या पनि छैन । त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन”, उहाँले थप्नुभयो, “म आग्रह…

वैशाख १२ मा बस्ने गरी बजेट अधिवेशन आह्वान
आर्थिक परिवेश

२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठकले १२ वैशाखमा बस्ने गरी बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनु भयाे  । आफ्ना माग पूरा गराउन काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले विशेष अधिवेशन वा बजेट अधिवेशन बोलाएर भए पनि शिक्षा ऐन जारी गर्न दबाब दिइरहेका छन् ।