
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
आर्थिक परिवेश0९ माघ काठमाडौँ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुनेभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यही माघ ७ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । सञ्चार मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको उहाँले स्पष्ट गर्नुभयो । यसैगरी मन्त्री गुरुङले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद्अन्तर्गत दुवै सदनको अधिवेशन आह्वान हुन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय…

सिमेन्टको मूल्य समायोजन गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन
आर्थिक परिवेश०९ माघ काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिकाे बुधवारकाे बैठकमा समितिका सदस्य सांसदहरु, विभागीयमन्त्री, उद्योगी तथा निर्माण व्यवसायीहरूसँगको छलफलपछि समितिले सिमेन्टमा भएको दोब्बर मूल्यवृद्धि तत्काल समायोजन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायीसँग समन्वय गरेर तत्काल समस्याको समाधन गरिने प्रतिबद्धता जनाउनुभयो । बैठकमा सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले बजारमा सिमेन्टको माग बढेको बेलामा मूल्य पनि वृद्धि हुने गरेको बताउनुभयो । माग घटेको बेलामा घाटामा सिमेन्ट विक्री गर्ने गरेको जानकारी दिँदै अध्यक्ष मारुले…

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस
आर्थिक परिवेशकाठमाडौँ । सरकारले हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिनको ३ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन बाेलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । यस्तै मन्त्रिपरिषद् बैठकमा शिक्षक सेवालाई निवृत्तिभरण ऐन कोषमा समावेश गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो । शिक्षामन्त्री भट्टराईले सरकारद्वारा जारी अध्यादेशमा शिक्षक सेवालाई निवृत्तिभरण कोषमा समावेश गर्ने भन्ने सम्बन्धमा केही शिक्षकहरूमा अन्यौलता देखिएकाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालदेखिका शिक्षकहरू मात्र शिक्षक सेवा ऐन अन्तर्गत निवृत्तिभरणमा समावेश हुने स्पष्ट…

घरजग्गा कारोबारः पुसमा चार अर्ब २५ करोड राजश्व
आर्थिक परिवेश०५ माघ काठमाडौँ । घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको पाइएको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको छ । गत मङ्सिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२ लाख २१ हजार सात सय ७९ रुपैया राजश्व प्राप्त भएको छ । विभागका अनुसार सो महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ रुपैया सङ्कलन भएको छ । यस्तै, रजिष्टेशन दस्तुरबाट दुई अर्ब…

अध्यादेशहरू समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्नेतर्फ लक्षित छन् : प्रधानमन्त्री
आर्थिक परिवेशकाठमाडौँ । सरकारले हालै जारी भएका अध्यादेशहरू अत्यन्त जरुरी र तत्काल गर्न आवश्यक भएका ऐनहरूलाई संशोधन गर्न ल्याइएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलहरूको सहमति रहेको र ती अध्यादेशहरू समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पुरा गर्नेतर्फ लक्षित रहेको बताउनुभयो । आर्थिक विकास र समृद्धिसँग जोडिएका विषयलाई तत्काल सम्बोधन गर्ने गरी अध्यादेश ल्याइएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपति कार्यालयले अध्ययन गरिरहेको र त्यो स्वभाविक प्रक्रिया नै भएकाले रोकिएको हो भन्ने किसिमको प्रचारबाजी…