
पुँजीगत खर्च बढाउने बजेटकाे मुख्य उद्देश्य : अर्थमन्त्री महत
आर्थिक परिवेश१६ जेठ, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा मंगलवार अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा अर्थमन्त्री डा महतले पुँजीगत खर्च बढाउने र सार्वजनिक खर्च नियन्त्रण गर्ने स्पष्ट मार्गचित्र सहित वार्षिक बजेट ल्याइएको दाबी गर्नुभयो । “यो बजेटको मुख्य पक्ष भनेको पुँजीगत खर्चमा देखिएको समस्या हटाएर बजेट प्रणालीमा सुधार र कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउनु हो । यसलाई हामी गम्भीरताका साथ कार्यान्वयन गर्छौ”, अर्थमन्त्री डा महतले भन्नुभयो । अनिवार्य दायित्वका साधारण खर्च र सामाजिक सुरक्षाको दायित्वलाई कम गर्न नसकिने उहाँको भनाइ छ ।…

केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन्छन् : प्रधानमन्त्री
आर्थिक परिवेश१३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केहि सयम भित्र भ्रष्टाचार विरुद्ध ठुला ठुला एक्सन हुन लागेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, १० वर्षे जनयुद्धको को कति बेला मारिने हो अत्तो पत्तो नहुनेगरी जसरी हाम फालेका थियौ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र वेथिति विरुद्ध १० वर्षे जनयुद्धमा जस्तै हाम फालिसकेका छौ । हामीलाई बिरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी बिचार र वर्गको निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौ,…

प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी अनुसन्धानात्मक तालिम
आर्थिक परिवेश११जेठ,काठमाडौं । प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी विषयमा सहयाेग पुरयाउने उद्देश्यले अनुसन्धानात्मक तालिम कार्यक्रमको आयोजना गरिएकाे छ । विश्व विद्यालयहरुमा अध्ययन अनुसन्धानको अभावमा उच्च शिक्षा क्षेत्रमा पठनपाठन प्रभावकारी हुन नसकेको गुनासो विभिन्न पक्षबाट आइरहेको अवस्थामा काठमाडौको चावहिलमा अवस्थित पशुपति बहुमुखी क्याम्पसले प्राध्यापकहरुलाई लिट्रेचर रिभ्यु र आर्टिकल राइटिड. सम्बन्धी अनुसन्धानात्मक तालिम कार्यक्रमको आयोजना गरेको हाे। विश्व विद्यालय अनुदान आयोगको सहयोगमा पशुपति बहुमुखी क्याम्पसले आयोजना गरेको ५ दिने तालिममा पशुपति बहुमुखी क्याम्पस तथा त्यस वरपरका विभिन्न १० सामुदायिक क्याम्पसहरुका प्राध्यापकहरु गरी ५० जनाको सहभागिता रहेको छ । अनुसन्धानात्मक तालिमको शुभारम्भ गर्दै त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा चित्रबहादुर बुढाथोकीले…

नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर
आर्थिक परिवेश१० जेठ, काठमाडाैं । सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् । मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भन्नुभयो, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ । दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत…

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक ३४ हजार एक सय २५ बनाउन सिफारिस
आर्थिक परिवेश७ जेठ, काठमाडौं। न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु ३४ हजार एक सय २५ बनाउन सरकारमा सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रमिक बढाउन प्रस्ताव गरेको हो । मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भए पनि श्रमजीवी पत्रकारले जीवन निर्वाह गर्नसक्ने गरी तलब पाउनुपर्ने र यदि सम्बद्ध मिडिया हाउसले तोकिए बमोजिम पारिश्रमिक उपलब्ध नगराए सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउने बताउनुभयो । “न्यूनतम पारिश्रमिक पनि नदिने मिडिया हाउसलाई सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउँछ”, उहाँले भन्नुभयो, “समितिले सिफारिस गरेको…