सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश२३ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० का सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई परिचालित गरेको बताउनुभयो । आफ्नो नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सकारात्मक परिणामस्वरुप आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको बताउनुभयो । “अहिलेसम्म भएका प्रयत्न र परिणाम पूर्ण छैनन् । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि…
सरकार सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
आर्थिक परिवेश२२ मंसिर, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धिका लागि अघि बढिरहेको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले जनताका आशा, अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको बताउनु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले आज कैलालीको धनगढी उपमहानगरपालिका १६ घसिटामा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टीको विशेष अभियान देशभर सफतापूर्वक अघि बढेको बताउनु भयो । उहाँले विशेष रूपान्तरण अभियान जनतामा नयाँ आशा, भरोसा जगाउन सफल भएको बताउनु भयो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले पार्टीलाई जनता, सहिद परिवार, बेपत्ता तथा घाइते परिवारसँग जोड्ने काम गरेको…
मौद्रिक नीतिको समीक्षा मुलुकको अर्थतन्त्र थप चलायमान हुने गर्भनरको दाबी
आर्थिक परिवेश२२ मंसिर, काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको चाैमासिक समीक्षा गर्दै विभिन्न क्षेत्रका नीतिगत दरहरु घटाउने निर्णय गरेको छ । राष्ट्र बैंकले विद्यमान मौद्रिक नीतिको समीक्षा गर्दैे बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरि बैंकदरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत बनाउने भएकाे छ । मौद्रिक नीतिको समीक्षाले नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ । मौद्रिक नीतिले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखेको छ । राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको घर कर्जामा किस्ता अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याउनुका…
वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात र जाँचपास बढ्याे
आर्थिक परिवेश१७ मंसिर,वीरगञ्ज । मुलुकको आर्थिक गतिविधि चलायमान बन्दै गएपछि वीरगञ्ज भन्सार नाकाबाट सवारी साधनहरूको आयात बढ्नुको साथै सवारी साधनको जाँचपास हुने क्रम समेत बढेर गएको छ । चालु आर्थिक वर्षको ४ महिनामा वीरगञ्ज नाकाबाट १ हजार २७ थान जीप, कार, भ्यान, बस र ट्रकका चेसिस एवं टिपर लगायतका सवारी साधन जाँचपास भएका छन् । ८ हजार ८ सय ६९ थान मोटर साइकल वीरगञ्ज नाका हुँदै जाँचपास भई मुलुकका विभिन्न स्थानमा गएका छन् । यसबाट ३ अर्ब ६४ करोड ९९ लाख ४१ लाख राजस्व असुली भएको छ । वीरगञ्ज भन्सार कार्यालय आईसिपीको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष ४ महिनामा वीरगञ्ज हुँदै…
पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण
आर्थिक परिवेश१२ मंसिर, काठमाडौं । होटल संघ नेपाल (हान)को नेतृत्वमा पर्यटन सञ्जालमार्फत संकलित राहत प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ । हानका अध्यक्ष अध्यक्ष विनायक शाहको नेतृत्वमा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राहत हस्तान्तरण गरेको हो । यो राहत जाजरकोट तथा रुकम पश्चिमका भूकम्प पीडितका लागि संकलन गरिएको हो । प्रधानमन्त्री प्रचण्डले यो राहतले भूकम्प पीडितको जीवनयापनमा सहयोग पुग्ने बताउनु भयाे । उहाँले पर्यटन क्षेत्रका छाता संगठनको सञ्जालबाट यस क्षेत्रको विकास र विस्तारमा योगदान हुने बताउँदै उहाँले सञ्जालसँग छिट्टै थप विषयमा छलफल गर्ने पनि बताउनु भयाे । पहिलो चरणमा होटल संघ नेपालको तर्फबाट १५ लाख ५६…