कर राजश्वमा उच्च योगदान गर्ने व्यक्ति एवं संस्थाहरुलाई नेपाल उद्योग परिसंघको सम्मान
आर्थिक परिवेश१७ मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरु हुनुहुन्छ । राष्ट्रिय कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८÷७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल…
मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक छ : नेपाल
आर्थिक परिवेश१६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न पहिला हिमाल बचाउन आवश्यक रहेको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजना भइरहेको कोप–२८ सम्मेलनका क्रममा हिमाली मुलुकले भोगिरहेको जलवायु परिवर्तनका असरबारे छलफल सत्रको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । “हिमाल, हिमाली सभ्यता एवम् हिमाली समुदायले भोगिरहेका समस्या बुझेर समाधान खोज्न जलवायु परिवर्तनसँग सम्बन्धित संवादको थालनी गर्न म आग्रह गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी आफैँलाई बनाउन पहिला हिमाल बचाऔँ भनेर विश्व समुदायसँग आग्रह गर्दछु ।” हिमाली देश, त्यहाँको मानव जाति र समग्र पारिस्थितिक प्रणालीले सामना गरिरहेको जलवायु सङ्कटको विषयसँग सम्बन्धित सत्र नेपालले आयोजना गरेको…
१ खर्ब ४३ अर्बमा किनेको एनसेलको सेयर साढे ६ अर्बमा बेचेर बाहिरियो आजियाटा
आर्थिक परिवेश१६ मंसिर, काठमाडौं । मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको छ । आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ । तर, सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने सेयर खरिद सम्झौतामा उल्लेख भएको आजिआटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतिशलाल आचार्य छन् । आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । अब एनसेलमा प्रत्यक्ष वा अप्रत्यक्ष…
११ महिनामा नेपालमा पर्यटककाे आगमन ९ लाख नाघ्याे
आर्थिक परिवेश१६ मंसिर, काठमाडौं । नेपालमा सन् २०२३ को ११ महिनाको अवधिमा पर्यटक आगमन ९ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा कुल ९ लाख १८ हजार ३०८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । पछिल्लो दुई महिनायता मासिक १ लाख भन्दा माथि पर्यटक आगमन हुँदा समग्र आगमन संख्यामा उत्साहजनक वृद्धि भएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नोभेम्बरमा मात्र १ लाख ८ हजार ६३० जना पर्यटकले नेपाल भ्रमण गरे । यसअघि अक्टोवर महिनामा १ लाख १७ हजार ३०६ जनाले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर २०२३ मा सबैभन्दा धेरै भारतीय…
आम सञ्चार,मिडिया काउन्सिल र सामाजिक सञ्जाल सम्बन्धी विधेयक बनाउन सहमती
आर्थिक परिवेश१४ मंसिर,काठमाडौँ । सरकारले राष्ट्रिय आम सञ्चारसम्बन्धी विधेयक, नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक, र सामाजिक सञ्जालको प्रयोगलाई नियमन सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ७ गते र १३ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकले राष्ट्रिय आम सञ्चारसम्बन्धी विधेयक, नेपाल मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जालको प्रयोगलाई नियमन सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न सञ्चार मन्त्रालयलाइ सैद्धान्तिक सहमति दिने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व…