अर्थतन्त्र सुधार उन्मुख अवस्थाबाट अघि बढेकाे छ अर्थमन्त्री
आर्थिक परिवेश

१० पुष, चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । मंगलवार  भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अर्थ मन्त्री महतले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताउनुभएको हो । अर्थमन्त्रीले भन्नुभयो, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उहाँले भन्नुभयो, “यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।” लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उहाँले बताउनुभयो । अर्थमन्त्रीले भन्नुभयो, “लगानी गर्नेहरूको आत्मविश्वास बढेको छ, नियोजित प्रचार गर्नेको नियत सबैले बुझेका छन्, लगानी गर्दा…

सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग
आर्थिक परिवेश

०९ पुष, काठमाडौँ ।  आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो । प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेस गरिसक्न भनिएको छ । राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको मागका आधारमा वित्तीय हस्तान्तरणको उपकरणका रुपमा समपूरक र विशेष अनुदान उपलब्ध गराउँछ । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेका योजना…

स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न उद्योगी व्यवसायीलाई राष्ट्रपति पौडेलकाे आग्रह
आर्थिक परिवेश

०७ पुष,विराटनगर ।   राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोसी प्रदेशले विराटनगरमा शनिवार आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न नसकेको  छैन भने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो…

अर्थतन्त्र प्रगति उन्मुख रहेकाले जनतालाई निरास बनाउने अभिव्यक्ति दिन नहुनेमा प्रमकाे जोड
आर्थिक परिवेश

०६ पुष, विराटनगर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरको विकासका लागि आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । मोरङ व्यापार सङ्घको आयोजनामा विराटनगरमा शुक्रवार देखि शुरु भएको विराट ट्रेड एक्सपोको उद्घाटन गर्नुहुँदै उहाँले गिरिजा प्रसाद कोइरालाको गृह नगर विराटनगरको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री दाहालले कार्गो रेल्वे सेवालाई नियमित बनाउन तथा विराटनगरको चक्रपथ निमार्णमा आफूले पहल गर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्र प्रगति उन्मुख रहेकाले नेपाली जनतालाई निरास बनाउने अभिव्यक्ति कसैले दिन नहुनेमा उहाँले जोड दिनुभयो । मुलुकको समृद्धि, सामाजिक न्यायका निम्ति आफूले उल्लेखनीय रुपमा काम गरेको र सरकार अब नयाँ ढङ्गबाट अघि बढ्न लागेको उहाँको भनाइ थियो…

राष्ट्रिय योजना आयोगले माघ मसान्तभित्र १६औँ योजनाकाे  आधारपत्र सार्वजनिक गर्ने
आर्थिक परिवेश

०५ पुष, काठमाडौँ ।  राष्ट्रिय योजना आयोगले माघ मसान्तभित्र १६औँ योजनाकाे  आधारपत्र सार्वजनिक गर्ने भएको छ । आयोगको कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार भेटघाटमा आयोगका प्रवक्ता यमलाल भूसालले जाजरकोट भूकम्पका कारण कार्यतालिकामा फेरबदल भएपनि माघ मसान्तसम्म १६ औँ योजना सार्वजनिक गर्ने गरि काम भइरहेको जानकारी दिनुभयो । आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले १६औँ योजनाले उत्पादन वृद्धि सहितको रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउनुभयो । डा. श्रेष्ठले कोभिड १९, रुस र युक्रेन युद्ध, प्रक्रियामुखी कार्यशैली,आवश्यक कानूनको निर्माणमा भएको ढिलासुस्तीले १५ औँ योजनाका अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । डा. श्रेष्ठले नेपालले  दिगो विकास लक्ष्य प्राप्तिमा ४२ प्रतिशत प्रगति हासिल गरेको भन्दै संयुक्त…