चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत मात्र हुने : अर्थमन्त्री
आर्थिक परिवेश

१४ जेठ, काठमाडौँ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा आइतवार पेश गर्नु भएको छ  । आर्थिक सर्वेक्षण पेस गर्नुहुँदै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको  बताउनुभयो । “अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत हुने अनुमान छ”, उहाँले भन्नुभयो । वस्तु आयातमा भएको सङ्कुचन र समष्टिगत मागमा आएको कमीका…

नेपालको सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड
आर्थिक परिवेश

८ जेठ, काठमाडौं ।  नेपालको सार्वजनिक ऋण साढे २१ खर्ब भन्दा माथि पुगेको छ । अर्थ मन्त्रालय मातहतको सार्वजनिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०७९/८० को १० महिना (साउन–वैशाख) सम्मको आंकडामा सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।  जसमा आन्तरिक ऋणले बाह्य ऋणलाई उछिनेको छ । तथ्यांक अनुसार नेपालले तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण १० खर्ब ८३ अर्ब ४७ करोड पुगेको छ । बाह्य ऋण १० खर्ब ७० अर्ब ६४ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष सुरु हुनु अगाडि अर्थात असार २०७९ मा सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९…

राष्ट्रिय गौरवका आयोजना छनौट गर्दा आवश्यकता र औचित्यका आधारमा छनाैट गर्नु पर्छ :अध्यक्ष तिमिल्सिना
आर्थिक परिवेश

०२ जेठ, काठमाडौं।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना छनौट गर्दा आवश्यकता र औचित्य पुष्टि गर्नु पर्ने बताउनु भएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा छलफल गर्न मंगलवार सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष तिमिल्सिनाले व्यक्तिगत स्वार्थमा आयोजना चयन गर्ने प्रवृत्तिको अन्त्य गर्दै गौरबको आयोजना भएको पुष्टि हुने गरि आयोजना छनोट गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो मन्त्री ज्वालाले सडक पूर्वाधारलाई व्यवस्थित गर्न सडक ऐन तर्जुमाको कार्य अगाडी बढाएको जानकारी दिनुभयो । मन्त्री ज्वालाले वर्षायाममा सडक…

औद्योगिकीकरण बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव हुँदैन : मन्त्री रिजाल
आर्थिक परिवेश

०२ जेठ,काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । मंगलबार मेक इन नेपाल स्वदेशी सम्मेलनको उद्घाटन गर्दै मन्त्री रिजालले लगानी मैत्री औद्योगिक वातावरणको निर्माण, आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृतिक श्रोतको सदुपयोगको लागि आवश्यक वातावरण बनाउनका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य थप प्रभावकारी रूपमा हुन आवश्यक रहेको बताउदै मन्त्री रिजालले औद्योगिकरणको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नरहने बताउनु भयो । औद्योगिकरणको विकास तथा प्रवर्द्धनका…

नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

१ जेठ, काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन नेपाल राष्ट्र बैंकद्वारा आज यहाँ आयोजित ‘अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा’ कार्यक्रममा उहाँले बढी प्रतिफल प्राप्त हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिने बताउनुभयो । “बजेटले अनावश्यक खर्च कटौती गर्ने, सरकारको खर्च क्षमतामा सुधार गरी पुँजीगत खर्च बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने क्रियाकलापमा निजी क्षेत्रलाई प्रोत्साहित गर्नेजस्ता कार्यमा विशेष जोड दिनेछ । यसबाट आर्थिक क्रियाकलापमा वृद्धि भई अर्थतन्त्र सबल बन्दै जानेछ”, उहाँले भन्नुभयो । अर्थतन्त्रका…