छ महिनामा सरकारले आन्तरिक र बाह्य  गरी ५६ अर्ब ४६ करोड ऋण उठायाे
आर्थिक परिवेश

१ फागुन, काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा आन्तरिक र बाह्य  गरी ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म  ३० अर्ब आन्तरिक र  २६ अर्ब ४६ करोड रूपैया बाह्य ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । चालु आवका लागि सरकारले  दुई खर्ब ५६ अर्ब रूपैया बराबरकाे आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो । जसबाट वार्षिक बजेटको १४ दशमलव तीन प्रतिशत स्रोत बेहोर्ने सरकारको योजना थियो…

सरकारले चालु बजेटकाे आकार १४ प्रतिशतले घटायाे, राजस्व १२ खर्ब ४४ अर्ब ७५ करोड मात्र सङ्कलन गरिने
आर्थिक परिवेश

माघ २९,काठमाण्डौ ।  सरकारले चालु आर्थिक बर्षको बजेटको आकार घटाएको छ । प्रतिनिधिसभाको आइतवारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्नुहुँदै अर्थमन्त्री पौडेलले बजेटको आकार १४ प्रतिशतले घटाइएको जानकारी दिनुभयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा कूल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड हुने अनुमान गरेकोमा त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरेको बताउनु भयो । प्रतिनिधिसभाको आइतवारको बैठकमा अर्थमन्त्री पौडेलले विनियोजन भन्दा २ खर्ब ४४ अर्बले बजेटको आकार घटाएको बताउनु भयो । जस अनुसार चालु खर्च तर्फ ११ खर्ब ८३ अर्ब २३ करोड शुरु विनियोजन…

अर्थतन्त्रमा देखिएका समस्या समाधानको उपाय खोजी गर्न आवश्यक छ : राष्ट्रपति विद्यादेवी भण्डारी (पूर्णपाठ )
आर्थिक परिवेश

माघ २७, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्छ ।” कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले गरिबी न्यूनीकरणका लागि उद्योग क्षेत्रको रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले कामका लागि युवा बिदेसिने…

कर्जाको सावाँब्याज दायित्वको भाखा नाघेको एक महिनाभित्र भुक्तानी गरेमा ब्याज लिन नपाउने व्यवस्था
आर्थिक परिवेश

२७माघ,काठमाडौ । सरकारले चालू आर्थिक वर्षका लागि मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकामा अर्धवार्षिक समीक्षा अवधिसम्म सात दशमलव २६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार र्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार पुस मसान्तमा वार्षिक विन्दुगत मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको  उल्लेख  छ । गत आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तमा यस्तो मुद्रास्फीति पाँच दशमलव ६५ प्रतिशत बराबर थियो । “वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा आयात मूल्य सूचकाङ्क आठ दशमलव सात प्रतिशतले बढेको छ भने तलब सूचकाङ्क १२ दशमलव ३९ प्रतिशत र ज्यालादर सूचकाङ्क नौ दशमलव ६४ प्रतिशतले वृद्धि भएको…

मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको,वेराेजगारिकाे समस्या विकराल : चन्द
आर्थिक परिवेश

२५ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताउनु भएकाे छ । ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उहाँले बताउनु भयाे  । पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले साना किसान भने मिटरब्याज र लघुवित्तको ऋणको पासोमा परेको बताए । ‘किसानले पुरानो जीवनबाट माथि उठ्न ऋण काढेका छन् । तर ती सबै जेथा मिटरब्याजीले लिएर सडकमा पुरयाइ दिइरहेका छन्’ उहाँले भन्नु भयाे । शहरमा शैक्षिक बेरोजगारीका कारण युवा पुस्ता विक्षिप्त रहेको बताए । क्याम्पस र…