
नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि
आर्थिक परिवेशकाठमाडौं।सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको छ । वृद्धि गरिएको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ । अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै व्यवस्थापनको निर्णयअनुसार पेट्रोल र डिजेल-मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिटेन्स भित्रियो, शोधनान्तर बचत एक खर्ब नजिक
आर्थिक परिवेशमाघ २३, काठमाडाै । चालु आर्थिक बर्षको छ महिनाको अवधिमा नेपालमा हुने विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैकले सोमवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा यस अवधिमा ५ खर्ब ८५ अर्ब ८ करोड रुपैया बराबरको बिप्रेषण रकम नेपालमा भित्रिएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले…

जिडिपीको हाराहारीमा कर्जा प्रवाह, निर्धारित क्षेत्रमा नभै अन्यत्र हुनु जटिल : अर्थशास्त्री र बैकर्स
आर्थिक परिवेशमाघ १८,काठमाडौ । बैकर्स तथा अर्थशास्त्रीहरुले मुलुकको आर्थिक समस्या समाधानका लागि सम्वद्ध सबै निकाय एकजुट भएर अघि बढनु आवश्यक भएको बताउनु भएको छ । आर्थिक मडिया संचालक संघ नेपालले बुधवार काठमाण्डौमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरकृया कार्यक्रममा वक्ताहरुले अहिलेको मुलुकको आर्थिक समस्याको जरो ठिक ढंगले पहिल्याएर त्यसको समाधानकालागि सरकार, नीजि क्षेत्र र बैकिड क्षेत्र अघि बढनु आवश्यक भएकोमा जोड दिनु भयो । अर्थशास्त्री चन्द्रमणी अधिकारीले जिडिपीको हाराहारीमा कर्जा प्रवाह भए पनि त्यसको नतिजा नआएको भन्दै त्यसलाई ठीक ढंगले पहिचान गरी उत्पादनशिल क्षेत्रमा खर्च प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो । बैकर्स मनोज ज्ञवालीले बैकहरुबाट प्रवाह भएको…

अख्तियारद्वारा नेपाल रेल्वेको करिव २ हजार विघा जग्गा संरक्षण गर्न वारा र पर्सा प्रशासनलाई निर्देशन
आर्थिक परिवेश१६ माघ ,वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा र पर्साका जिल्ला प्रशासन र जितपुरसिमरा उपमहानगरपालिकालाई रेल्वेको जग्गा संरक्षण गर्न निर्देशन दिएको छ । आयोगले एक पत्र लेख्दै नेपाल गभर्मेन्टको रक्सौल अम्लेखगंज–रेलमार्गमा पर्ने १ हजार ७ सय ४९ बिघा जग्गा अतिक्रमणमा परेकाले संरक्षण गर्न निर्देशन दिएको छ । अतिक्रमण गरिएका जग्गाहरुमध्ये वीरगञ्जको पावर हाउस चोकदेखि पूर्व पश्चिम राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगको कब्जामा रहेको छ । रेल्वे क्षेत्रको जग्गा कतिपय अतिक्रमणकारीले नापीबाट प्रमाणित गराएर व्यक्तिगत बनाइसकेका छन् । परवानीपुर ,जीतपुर र सिमरा क्षेत्रमा रेल्वेको जग्गामा बस्ती बसेको छ । तत्कालीन नेपाल सरकारले…

विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
आर्थिक परिवेशकाठमाडौँ । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आक्स्मीक बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । “आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, उहाँले भन्नुभयो, “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।” बैठकले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न पनि …