नीतिगत तहमै विचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै : माधव नेपाल
आर्थिक परिवेश

 २२ असोज,बुटवल।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताउनुभएको छ । सो पार्टीका मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि, वन र खनिजमा आधारित उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले नीतिगत तहमै दलाल, विचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गर्नुभयो । उहाँले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धाराशायी बनाएको टिप्पणी गर्नुभयो । उहाँले व्यवसायीमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर तथा भन्सारसम्बन्धी नीति परिमार्जन र स्वदेशी उद्योगको विकास…

राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएर १५ करोड पुरयायाे
आर्थिक परिवेश

१९ असाेज, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको १२ करोड रूपैयाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट  १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा  २० करोड रूपैया  बनाइएको छ । “कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिक प्रवृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कूल १५ करोड रूपैया कायम गरिएको छ”, राष्ट्र बैंकले आज जारी गरेको संशोधित निर्देशिकामा भनिएको…

लगानीकर्ताहरूकाे ज्ञान अभिवृद्धिमा धिताेपत्र बाेर्ड र महासंघबीच सहकार्य हुने
आर्थिक परिवेश

१९ असोज, काठमाडौं ।  पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी सुसूचित एवं विश्वसनीय धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले सहकार्य गर्ने  भएका छन् । पँुजी बजार सम्बन्धी ज्ञान तथा जनचेतना अभिवृद्धिका लागि लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा मिति २१८ गते महासंघमा आयोजित एक कार्यक्रममा उक्त समझदारी भएको हो । उक्त समझदारीपत्रमा बोर्डका  अध्यक्ष रमेश कुमार हमाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा बोर्डका अध्यक्ष हमालले समझदारीका लागि महासंघलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय साक्षरता अभिवृद्धिमा एक…

कालोबजोरीमा संलग्नलाई कानुनबमोजिम कडा कारवाही गर्ने सरकारकाे निर्णय
आर्थिक परिवेश

१६असाेज, काठमाडाैं  ।  मन्त्रिपरिषद्काे मंगलवारकाे  बैठकले कालोबजोरीमा संलग्न हुने हरूलाई कानुनबमोजिम कडा कारवाही गर्ने निर्णय गरेकाे छ । उपभोग्य वस्तुको विक्री वितरणसँग सम्बन्धित सार्वजनिक निकायले तत्काल देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्ने, बजार अनुगमनका लागि स्थापित सम्पूर्ण संयन्त्रहरुलाई थप सक्रिय र क्रियाशील बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने निर्णय पनि सरकारले गरेकाे छ । अस्वभाविक मूल्यबृद्धि र कालोबजारी नियन्त्रण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक नाफाखोरी गर्ने र अस्वभाविक रुपमा मूल्य बृद्धि गरी कालोबजोरीमा संलग्न हुने जोकोहीलाई प्रचलित कानुनबमोजिम कडा कारवाही गर्ने निर्णाय गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । साथै बैठकले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र नाफाखोरी गर्ने व्यक्ति,…

नेपालको आर्थिक वृद्धि सन् २०२४ मा ३.९ प्रतिशतले सुधार हुन्छ : विश्व बैंक
आर्थिक परिवेश

१६ असाेज, काठमाडौं ।  विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक वर्ष २०२४ मा नेपालको अर्थतन्त्रको वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । मंगलवार सार्वजनिक भएको ‘नेपाल विकास अपडेटः निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ ले वर्ष २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान पनि गरेको छ । तर पनि अनियमित वर्षाका कारणले कृषि उपज उत्पादनको वृद्धिमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्यका कारण…