चालु आर्थिक बर्षको लागि राजस्व संकलनको लक्ष्य प्राप्त गर्न कठिन
आर्थिक परिवेश

 १९ असार, काठमाडौं । चालु आर्थिक वर्षकाे असार १८ गतेसम्ममा  आठ खर्ब ९९ अर्ब रूपैया मात्र राजस्व संकलन भएकाे छ   । सरकारले यस अवधीका लागि राजस्व सङ्कलनको लक्ष्य  १४ खर्ब तीन अर्ब १४ करोड राखेको  छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत मात्र हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब  पाँच खर्ब रूपैया उठाउनु पर्ने हुन्छ । आयात घटेकाले कारण भन्सारबाट हुने राजस्व सङ्कलनमा कमी आएको र कसिलो मौद्रिक नीति र निजी क्षेत्रमा लगानी कमजोर हुँदा पूर्वाधार निर्माणमा पनि यस अवधिमा अपेक्षित सफलता हासिल हुन कठिनाइ परेको मन्त्रालयको भनाइ छ…

अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालिसकेको छ अर्थमन्त्री डा. महत
आर्थिक परिवेश

१९ असार,काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख भएको बताउनु भएको छ । मंगलबार संसदको अर्थसमितिमा बोल्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधार उन्मुख भए पनि समस्यामुक्त भइनसकेकोे बताउनुभयो । उहाँले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त हुँदैन र समय समयमा समस्या आइरहन्छन् तर समाधानको बाटो पहिल्याउँदै जानुपर्छ भन्नु भयो । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालयले समन्वयकारी भूमिकाका साथ केही ठाउँमा अगुवाइ पनि गरेको बताउनु भयो । ‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको भए पनि प्रगति भएको र राजस्व संकलनको संशोधित लक्ष्यले निर्धारण गरे अनुसार उठाउन नसके पनि…

सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता छ : प्रधानमन्त्री
आर्थिक परिवेश

१८ असार,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताउनु भएको छ । जि.पि कोइराला मेमोरियल कलेजको १२ औ बार्षिक तथा गिरिजाप्रसाद कोइरालाको शतबार्षिक समाराेहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सामान्य रुपमा देशमा सुधार हुने सम्भावना नभएकाले अर्को आन्दोलनको आवश्यकता रहेको बताउनु भएकाे हाे  । प्रधानमन्त्री दाहालले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेसपार्टीलाई तरङ्गित नहुन आग्रह गर्नुहुँदै कम्युनिष्टहरुबीच एकता भए पनि काँग्रेससँगको सम्बन्ध नटुट्ने बताउनुभयो । विगतका राजनीतिक आन्दोलनहरूमा कांग्रेस र कम्युनिष्ट मिलेर लडेकै कारण हालसम्मको उपलब्धि हासिल भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको कार्यभार पूरा गरी मुलुकलाई समृद्धितर्फ…

भ्याटमार्फत करको दायरालाई फराकिलो बनाउन आर्थिक विधेयक : अर्थमन्त्री महत
आर्थिक परिवेश

 १७ असार, काठमाडौँ ।   प्रतिनिधिसभाको आइतवारको बैठकले “आर्थिक विधेयक, २०८० र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थ मन्त्री डा.प्रकाश शरण महतले प्रस्तुत गर्नुभएको “आर्थिक विधेयक, २०८० र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई बहुमतले पारित गरेको हो । सभामा अर्थमन्त्री डा.प्रकाश शरण महतले भ्याटमार्फत करको दायरालाई फराकिलो बनाउँदै वित्तीय प्रणाली भित्र सबै व्यवसायलाई समेटेर अर्थतन्त्रलाई गतिशिल बनाउन आर्थिक विधेयक ल्याइएको बताउनुभयो । सभामा आर्थिक विधेयकको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा.महतले आन्तरिक उत्पादन वृद्धि, किसानहरूको प्रोत्साहन र सुरक्षाका लागि भ्याट लगाइएको बताउनुभयो । अर्थमन्त्री महतले उत्पादनकर्ता तथा साना किसानहरूले मूल्य बजार…

जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैन : अर्थमन्त्री डा. महत
आर्थिक परिवेश

१६ असार, पोखरा ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैन भन्नु भएकाे छ । आन्तरिक राजस्व कार्यालय पोखराको निरीक्षणकाे क्रममा कमर्मचारीहरूलाई  निर्देशन दिनुहुँदै अर्थमन्त्री डा . महतले जो करको दायराभित्र पर्छन् उनीहरुलाई छुट दिन सकिँदैन, त्यही हिसाबले काम गर्नुहोला भन्नुभयो । उहाँले  ‘जो करको दायराभित्र पर्छन् उनीहरुले भ्याट नलगाइदिए हुन्थ्यो भन्छन् ।’ ‘हरेक ट्रान्जेक्सनमा लगाइने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ, यसको फाइदा भनेको हरेक ट्रान्जेक्सनकाे हिसाब राख्नुपर्छ अर्थमन्त्री महतले  भन्नुभयो, ‘धेरैजसो करदाता यो भ्याट नलाग्दिए हुन्थ्यो भन्छन् । ’ ‘आगामी वर्ष हाम्रो राजस्व वृद्धि हुनेछ, अर्थतन्त्र चलायमान हुन थालेको छ । पर्यटन क्षेत्र पनि…