११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड रेमिटेन्स
आर्थिक परिवेश२५ असार, काठमाडौं । २५ असार, काठमाडौं । चालु आर्थिक बर्षको ११ महिनामा नेपालमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको अवधीको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बेकले समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११खर्ब १२ अर्ब ५२ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम…
बाढीपहिराेका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोड रुपैयाको क्षति भयो : इपान
आर्थिक परिवेश२२ असार, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोड रुपैयाको को क्षति पुगेको जनाएको छ । इपानले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा आठ अर्ब ८४ करोडको क्षति पुगेको जानकारी गराएको छ । इपानका अध्यक्ष गणेश कार्कीले पूर्वमा आएको बाढिपहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठूलो मारमा पर्नाका साथै अर्बौं लगानी जोखिममा परेको बताउनुभयो । त्यसका कारण एक सय ३३ मेगावाट…
बेरोजगारीको संख्या २०८६ सालसम्ममा ३ लाखमा झार्ने १६ औं योजनाको लक्ष्य
आर्थिक परिवेश२१असार,काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकाससहितको योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो । देश विकासको लागि मानव संशाधन विकासको महत्वलाई दृष्टिगत गरी राष्ट्रिय योजना आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमा गर्ने कार्यलाई अगाडि बढाएको हो । यसका लागि आयोगका सदस्य डा. पौडेलको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, संघीय मामिला मन्त्रालय साथै विश्वविद्यालय तथा नेपाल उद्योग वाणिज्य महासंघ, निजी क्षेत्रका विद्यालय लगायतका प्रतिनिधि सदस्य रहने गरी निर्देशक समिति गठन गरेको थियो । निर्देशक समितिमा निजी क्षेत्रका तर्फबाट…
प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिसंग सुझाव
आर्थिक परिवेश२० असार, काठमाडाैं । राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय आवधिक योजनाकाे अाधारपत्र तयारीका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थाहरूसँग छलफल गरेको छ । सिंहदरबारस्थित आयोगको हलमा बुधवार भएको छलफलमा नयाँ आवधिक योजनाका लागि सुझाव दिन कोशी प्रदेशबाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरू सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरूसहित जिल्ला समन्वय समिति, नगरपालिका सङ्घ तथा गाउँपालिका सङ्घबाट प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो । योजना आयोगले अहिले १६ औँ योजनाको मस्यौदा तयार पारिरहेको छ । उक्त अाधारपत्रकाे मस्यौदा माथि आयोगले मधेस प्रदेश योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी, बागमती…
राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न अर्थमन्त्रीको निर्देशन
आर्थिक परिवेश२० असार, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न सम्वद्ध कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई बुधवार निर्देशन दिनुहुँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न भन्नुभएको हो । कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउनुहुँदै अर्थमन्त्री महतले सेवाग्राहीमाझ सहजरूपमा प्रस्तुत हुन पनि निर्देशन दिनुभयो । अहिले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताउनुहुँदै उहाँले अर्थतन्त्रलाई गति दिनका लागि पनि राजस्व बढाउन आवश्यक रहेको बताउनुभयो । भन्सारमा आधारित राजस्व नीतिले अर्थतन्त्रलाई सुधार गर्न नसक्ने र सार्वजनिक ऋणको सदुपयोग गर्ने विषयमा सरकार…