
सरकार र निजी क्षेत्रबीच रुपान्तरणका लागि साझेदारी
आर्थिक परिवेशकाठमाण्डौ । मुलुकको आर्थिक रूपान्तरणका लागि नेपाल सरकार र निजी क्षेत्र बीच साझेदारी हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ बीच आर्थिक रूपान्तरणका लागि सरकारी–निजी साझेदारी अभियान कार्यान्वयन गर्ने उद्देश्यले विहीबार काठमाडौंमा एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । एफएनसीसीआईले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण, २०३० को प्रमुख व्यवस्थालाई समेटी नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेखित उद्योग वाणिज्य क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरु समेत समेटी संयुक्त रुपमा कार्यान्वयन गर्ने गरी साझेदारी अभियान कार्यान्वयन गरिने छ । आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र एक सय अर्व अमेरिकी डलर पुरयाउने, २२ लाख मानिसलाई औपचारिक निजी…

सरकारले १२ सय मेघावाटका दुई आयोजनाको अध्ययन गर्ने जिम्मा भारतीय कम्पनीलाई दियो
आर्थिक परिवेशकाठमाडौँ । लगानी बोर्डको ५२ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपिसि लिमिटेड भारत सँग गरिने समझदारीपत्रलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न बोर्ड बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल हाइड्रोपावर कम्पनी प्रालिलाई सर्बेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय पनि…

इन्धनको मूल्य घटाउने स्थीति छैन ः आयल निगम
आर्थिक परिवेशकाठमाण्डौ । नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउने स्थीति नरहेको बताएको छ । भारतबाट तेलको मूल्य घटेर आएपनि पेट्रोल बाहेका अन्य इन्धनमा घाटा कायम नै रहेकाले तत्काल इन्धनको मूल्य घटाउने स्थीति नरहेको उल्लेख गरेको छ । निगमले बुधबार एक बिज्ञप्ती जारी गर्दै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले हाललाई नेपालमा मूल्य यथावत राख्ने बताएको हो । विज्ञप्तिमा निगमलाई अझै पनि १५ दिनको नोक्सानी ६३ करोड ५८ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ । निगमले आईओसीलाई अझै २३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आइओसीले गत सोमबार पेट्रोलको मूल्य…

नवनियुक्त अर्थमन्त्रीबाट पदभार ग्रहण
आर्थिक परिवेशकाठमाडौँ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय पुगी पदभार ग्रहण गर्नुभएको छ । मन्त्री शर्मालाई मन्त्रालयमा राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त अर्थमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण लिए लगत्तै मन्त्रालय पुगी पदभार ग्रहण गर्नु भएको हो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नु भई आजै राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो । करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश…

धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वननिक
आर्थिक परिवेशकाठमाण्डौ । नेपाली धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९÷८०को धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम आज सार्वननिक गरेको छ । आज ललितपुरमा आयोजित कार्यक्रमका बीच सार्वजनिक भएको नीति तथा कार्यक्रममा नेपाल धितोपत्र बोर्डले साना तथा मझौला उद्योगको सेयर कारोबारका लागि छुट्टै एसएमइज प्ल्याटफर्म निर्माण गर्ने उल्लेख छ । नीति तथा कार्यक्रमले बुक बिल्डिङ विधिको माध्यमबाट शेयरको निष्काशनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको अटोमेटिक इलेक्ट्रोनिक सिस्टम प्रयोगमा ल्याउने जनाएको छ । बजेटमा उल्लेख भएका १ अर्ब वा सो भन्दा बढीको पूँजी वा ५ अर्ब रुर्पया भन्दा बढीको कारोबार गर्ने प्राकृतिक स्रोतको प्रायोग गर्ने कम्पनीलाई…