कार्तिक २६ देखि छाला जुत्ताजन्य वस्तुको व्यापार मेला हुने
BHuwan Aacharya

काठमाडौँ । यही कार्तिक २६ देखि मङ्सिर १३ गतेसम्म काठमाडौँको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा छाला जुताजन्य वस्तुहरूको व्यापार मेला आयोजना हुने भएको छ । नेपाल जुत्ता उत्पादक सङ्घको आयोजनामा स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित व्यापार मेलामा नेपालका चर्चित जुत्ता उत्पादक ३० वटा कम्पनीहरूका ६० वटा भन्दा बढी स्टलहरूमा छाला जुत्ताजन्य उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिने छ । सङ्घमा आबद्ध नेपालका चर्चित ब्रान्डहरूको सहभागिता हुने सो मेलामा उपभोक्ताहरूले भारी छुटका साथ गुणस्तरीय उत्पादनहरू प्राप्त गर्न सक्ने आयेजकहरुले बताउनुभएको छ । वर्षमा २ पटक काठमाडौँमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारिक मेला आयोजना गर्ने सङ्घको नीति अनुसार यो वर्षको…

पाँच लाखले यसरी पाउनेछन् सरकारबाट अनुदान
Reporter's Name

काठमाडौँ । कोरोना भाइरसको महामारीको कहरमा परेका ठुला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई पहिलो पटक सरकारले सानै भए पनि सहयोग गर्ने भएको छ । संविधानमा समाजवाद लेखिए पनि व्यवहारमा राज्यका तर्फबाट राहत पाउन नसकेका अति विपन्न वर्गलाई रु १० हजारका दरले नगद अनुदान दिन लागिएको हो । दिनभरि कमाएर साँझ बिहानको छाक टार्नेको सङ्ख्या अत्यधिक छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण उनीहरू समस्यामा थिए । कोरोनाका कारण रोजगारी र आयआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असङ्गठित क्षेत्रलाई यसअघि कुनै पनि रूपमा सम्बोधन गरिएको थिएन । पछिल्लो पटक वर्तमान सरकार गठन भएपछि ‘टोकन’कै रूपमा…