
कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड रुपैया प्राप्त गर्ने
आर्थिक परिवेश१९ असाेज काठमाडौँ । विश्व बैङ्कसँग भएको सम्झौता अनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड रुपैया प्राप्त गर्ने भएकाे छ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र रु एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । वन…

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रवार एकै दिन तीन करोडभन्दा बढी रकम संकलन
आर्थिक परिवेश१८ असाेज, काठमाडौँ । पछिल्लाे बाढी तथा पहिराेकाे कारण देशभर भएकाे भएकाे धनजनकाे पिडामा परेका नागरिकहरूलाइ राहत उपलब्ध गराउन सरकाले गठन गरेकाे प्नधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रवार एकै दिन तीन करोड रूपैया भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतहरूले संस्थागत सहयोगको चेक हस्तान्तरण गर्नुभएको हो । कोषमा कृषि विकास बैङ्कबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैङ्कबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैङ्कबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५…

नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक बङ्गलादेश निर्यात गर्ने गरी त्रिपक्षीय सम्झौता हुँदै
आर्थिक परिवेश१७ असाेज, काठमाडौँ । नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक बङ्गलादेश निर्यात गर्ने गरी त्रिपक्षीय सम्झौता हुने भएको छ । आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि सम्झौतामा हस्ताक्षर हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिनुभयो । बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो । दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको बुधवार सम्पन्न छैटौँ बैठकले बिहीबार सम्झौता गर्ने निर्णय गरेको हाे । सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा…

नेपालको आर्थिक वृद्धि पाँच दशमलव एक प्रतिशत हुने विश्व बैककाे अनुमान
आर्थिक परिवेश१६ असाेज काठमाडौँ । विश्व बैंकले यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ । विश्व बैंकले बुधवार नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव एक र सन् २०२६ मा पाँच दशमलव पाँच प्रतिशत रहने प्रक्षेपण गरेको हो । चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेकाे छ । गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैङ्कको छ । यद्यपि हाल मुलुकले भोगेको बाढीपहिरो र डुबानको कारण सिर्जित समस्याले अर्थतन्त्रमा पार्नसक्ने असरको भने लेखाजोखा…

बाढी र पहिरोका कारण १७ अर्ब बराबरको क्षति भएको प्रारम्भिक विवरण
आर्थिक परिवेश१६ असाेज, काठमाडौँ । प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो । सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे । थातथलो बग्यो । पशुचौपायाले अकालमा ज्यान गुमाए । बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो । नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, “विपत्ति बाजा बजाएर आउँदैन । तर यस पटकको अविरल वर्षापछिको बाढीपहिरो नेपालीका लागि बाजा बजाएर आएभन्दा पनि चर्को भयो । चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी…