सरकारकाे खर्च ८० प्रतिशत राजस्व असुली भने ७४ प्रतिशत मात्रै
आर्थिक परिवेश

 ०१ साउन  काठमाडाै‌  ।  आर्थिक वर्ष २०८०/८१ मा सरकारको आय व्यय निर्धारित वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष कूल लक्ष्यको ७४ दशमलव २९ प्रतिशत राजस्व असुली भएको छ भने ८० दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षका लागि सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । असार मसान्तसम्ममा कूल रु १४ खर्ब आठ अर्ब ७६ करोड ४५ लाख बराबर मात्रै खर्च भएको छ । चालु शीर्षकमा गत आर्थिक वर्षका लागि रु ११  खर्ब ४१ अर्ब ७८ लाख ४१ हजार…

पहिलो दिन उच्च बढेको नेप्से साेमवार दाेहाेराे अङ्कले घट्याे अर्थमन्त्रीलाई रातो झण्डा
आर्थिक परिवेश

३१ असार, काठमाडौ ।  नयाँ  सरकार गठनस‌ँगै साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले घटेको छ । सोमवार नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो । यस दिन तीन सय ३२ कम्पनीहरुका दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर हरु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयामा किनबेच भएका छन । यस दिन जलविद्युत् समूह, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डका उपसूचकहरु बढेका छन् भने अरु सबै समूहका उपसूचक घटेका छन् ।…

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीकाे पद बहाली
आर्थिक परिवेश

३१ असार काठमाडौँ ।    नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुभएको छ । उहाँ विस‌ २०७२ यता  चाैथाे पटक मुलुककाे प्रधानमन्त्री बन्नु भएकाे हाे  । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यस लगतै उहाँ ललितपुरकाे  च्यासलमा रहेकाे पाटी कायालय पुगेर  शहीदलाइ माल्यापण गरी   पदबहालीका लागि सिहदरवार पुग्नु भएकाे थियाे । च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हाल्नुभएको हो । प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा…

अर्थतन्त्रका सबै क्षेत्रलाई एक साथ प्रभावकारी रूपले परिचालन गरिनेछ : नवनियुक्त अर्थमन्त्री
आर्थिक परिवेश

 ३१ असार काठमाडाैँ ।   नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सबै क्षेत्रलाई एक साथ प्रभावकारी रूपले परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सोमवार अर्थ मन्त्रालयमा पद बहाली गर्नुहुँदै नवनियुक्त अर्थमन्त्री पौडेलले मुलुकको समग्र अर्थतन्त्रको विकासको काममा सरकारलाई सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले मुलुकमा उत्पादन वृद्धि, रोजगारीको सिर्जना तथा आर्थिक वृद्धिका लागि अनुकूल वातावरण बनाउन सरकार लागि पर्ने प्रतिबद्धता पनि जनाउनुभयो । नेपालले सामना गरेको सबैभन्दा ठूलो समस्या भनेको अस्थिरताको भएको उल्लेख गर्नु हुँदै अर्थमन्त्री पौडेलले वर्तमान संयुक्त सरकारको निर्माणसँगै मुलुक स्थिरतातर्फ अघि बढ्ने सन्देश प्रवाह भएको नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…

४ महिने कार्यकाल सन्तोषजनक रहेको अर्थमन्त्रीकाे दावी
आर्थिक परिवेश

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आइतवार  आयोजित बिदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको समेत दाबी गर्नुभयो । उहाँले चार महिने कार्यकालमा आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने उहाँले बताउनुभयो । आगामी आवको बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उहाँले जिकिर गर्नुभयो । बाह्र वर्षअघि पहिलो पटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पुरक बजेट ल्याएको स्मरण गर्दै…