
चेम्बरले अर्थमन्त्री समक्ष १०१ बुदे सुझाव दियाे
आर्थिक परिवेश२९ बैशाख,काठमाण्डौ । नेपाल चेम्बर अफ कर्मशले आगामी आर्थिक बर्षको बजेटको लागि अर्थमन्त्री समक्षा १०१ बुदे सुझाव दिएको छ । अर्थमन्त्री संगको भेटमा चेम्बरले आगामी बजेटका लागि विद्युतीय सवारीसाधनमा कर वृद्धि गर्न नहुने,आयातित सामानमा अति आवश्यक वस्तुबाहेक एमआरपी अनिवार्य हुन नहुने,आगामी बजेटमा बैङ्क, वित्तीय तथा बिमा, कृषि जडिबुटी तथा वनजन्य उत्पादन, ऊर्जा र उद्योग वाणिज्य तथा आपूर्तिका विषय सम्बोधन गरिनुपर्ने लगायतका सुझाव प्रस्ततु गरेको हो । सुझाव ग्रहण गरे पछि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउदै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर लागिरहेको बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक बर्ष २०८२÷८३…

नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा
आर्थिक परिवेश२९ वैशाख काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको छ । त्यसैगरी समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो । अमेरिकी डलरमा…

मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन आगामी बजेट मार्फत जोड दिइन्छ : अर्थमन्त्री
आर्थिक परिवेश२८ बैशाख, काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन आगामी बजेट मार्फत कानूनी, संस्थागत र प्रक्रियागत सुधार गरिने बताउनु भएको छ । विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताहरु संसदको आइतवारको बैठकमा प्रस्ततु गर्दै अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्रका नियामकीय निकायहरुको भूमिकालाई सुदृढ बनाउने र निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न थप अनुकूलता सिर्जना गरिने बताउनु भयो । मुलुकलाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक तयारी गरिने तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरू क्रमशः कार्यान्वयन गरिने अर्थमन्त्री पौडेलले बताउनु भयो । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा जोड दिने,स्टार्ट–अप व्यवसायलाई…

२५ मेगावाटकाे सेती जल विद्युत आयोजना निर्माण सम्पन्न
आर्थिक परिवेश२७ बैशाख, काठमाडौँ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिका स्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेतीनदी जल विद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा प्रवर्द्धित आयोजना निर्माण सम्पन्न भई औपचारिक उदघाटन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिइसकेको छ । विसं २०७५ असोज २६ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको भिजन लुम्बिनी ऊर्र्जा कम्पनी लिमिटेडबाट एक हजार ५०० सयभन्दा बढि संस्थापक लगानीकर्ता यस आयोजनाका मालिक भएको कम्पनीका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो । विसं २०७७ सालमा निर्माण सुरुवात गरेको आयोजनाको निर्माणकार्य सम्पन्न भई मिति २०८१ कात्तिक २७ गतेदेखि प्राधिकरणले विद्युत् खरिद गर्न सुरु गरेको…

रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
आर्थिक परिवेश२४ बैशाख काठमाडाै । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। यसअघि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने रायसहित फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको भए पनि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय गरेका थिए। महान्यायाधिवक्ताको निर्णयपछि अभियोग पत्र दायर गरेको हो। गणेशमान सिंहकी छोरी रीता (७१ वर्ष) नेपाल बाल संगठनको तत्कालीन अध्यक्ष थिइन्। यस्तै तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, तत्कालीन महासचिव गणेश भक्त श्रेष्ठ, तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमितिका…