३० गते साेमवार  कर कार्यालयहरू खुल्ला रहने

आर्थिक परिवेश

२९ कात्तिक, काठमाडौं ।  आन्तरिक राजस्व विभागले  कात्तिक मसान्त  अर्थात ३० गते साेमवार  कर कार्यालयहरू खुल्ला राख्ने भएकाे छ ।

कर दाखिलकाे लागि   करदाताका लागि महत्त्वपूर्ण यस दिन सार्वजनिक विदा परेकाेले कर कार्यालयहरू खुल्ला राख्ने  आन्तरिक राजस्व विभागले जनाएकाे छ ।

यस दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट र सुविधा उपयोग गर्ने अन्तिम दिन समेत हो ।

त्यस्तै बक्यौता फरफारकर अन्त:शुल्क वस्तु निष्कासन गर्ने करदातालाई सहजीकरण सुविधा समेत यस दिनसम्म हुन्छन् । तर, नेपाल सरकारले यस दिन छठको उपलक्ष्यमा बिदा दिएको छ ।

आन्तरिक राजस्व विभागले कात्तिक मसान्तको सोही चटारो बीच कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको हाे ।

विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र सबै आन्तरिक राजस्व कार्यालयलाई पत्र लेख्दै कार्यालय खुला राख्ने निर्णय भएको जानकारी गराउनु भएकाे  छ।

मा प्रकाशित