११ महिनामा लक्ष्यको ८३.२२ प्रतिशत राजस्व संकलन
आर्थिक परिवेश

१ असार काठमाडौं  ।    चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो । अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो । चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन…

प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ को बजेट ल्याउँदै संघीय संसदमा छलफल शुरु
आर्थिक परिवेश

  ०१  असार काठमाण्डाै ।     देशका सातवटै प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्। संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ। त्यसैगरि स्थानीय तहहरूले असार १० गतेपछि बजेट ल्याउने गरेका छन्। प्रदेश सरकारहरुले चालू आवको कुल बजेट दुई खर्ब ७८ अर्ब ७० करोडकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन्। कोसी प्रदेशले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी गरेको छ। कोसीमा चालू आवका लागि ३५ अर्ब २७…

विप्रेषण बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड, बैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड
आर्थिक परिवेश

२७ जेठ, काठमाडौ ।   चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा नेपालमा भएको विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैकले मंगलवार जारी गरेको मुलुकको आर्थिक अवस्था सम्बन्धी पछिल्लो प्रतिवेदन अनुसार यस अवधीमा विप्रेषण आप्रवाह बढेर १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो । २०८२ वैशाख महिनामा मात्र विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह.१ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब…

अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरको भाउ घट्यो, अमेरिकी डलर स्थीर
आर्थिक परिवेश

२६ जेठ, काठमाडौं ।    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरको भाउ घट्यो, अमेरिकी डलर स्थीर रहेकाे  छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ घटबढ भएको छैन । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसामा स्थीर छ । युरोपियन युरोमा भने सामान्य घटबढ भएको छ । आज एक युरोको खरिदर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा छ । हिजो एक युरोको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ…

अथर्मन्त्रालय बजेटकाे तयारीमा तिब्रताका साथ जुट्दै
आर्थिक परिवेश

०८ जेठ,काठमाडाै ।    अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/ ८३ को बजेट वक्तव्यको तयारीमा व्यस्त रहेको छ । विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा व्यस्त भएको हो । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सिमा र प्राप्त सुझावहरुलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिनुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उहाँको टिम बजेट निर्माणमा केन्द्रित छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालयहरु, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको थियो । उपप्रधानमन्त्री एवं अर्थ मन्त्री…