नयाँ सरकारको १०० बुँदे कार्ययोजना सार्वजनिक
आर्थिक परिवेश१५ चैत, काठमाण्डाै । नव गठित सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । पहिलो मन्त्री परिषद बैंठकको निर्णय सार्वजनिक भएको छ । पहिलो बैठकले १०० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो । उक्त निर्णयले नेपालको पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने संकेत देखिएको लगानीकर्ताहरुको विश्वास रहेको छ । सय निर्णय मध्येमा आर्थिक सुशासन, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । यस कार्ययोजनाले शेयर बजारमा लगानीकर्ताको मनोबल उच्च बनाउने र बजारलाई थप परिपक्व बनाउने अपेक्षा गरिएको छ । सरकारको यस कदमले विशेषगरी जलविद्युत,उत्पादनमूलक क्षेत्र र समग्र वित्तीय बजारमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्ने लगानीकर्ताहरुको बुझाई छ । कार्ययोजनाको…
नव नियुक्त अर्थमन्त्री डा स्वर्णिम वाग्लेकाे जीवनी
आर्थिक परिवेश१३ चैत काठमाडौँ । नेपाल सरकारकाे अर्थमन्त्रीमा डा स्वर्णिम वाग्ले नियुक्त हुनु भएकाे छ । शुकवार नै उहाँले अर्थमन्त्रालयमा पदभार ग्रहण गर्नु भएकाे छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेकाे जीवनी लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ । गोरखाको बुङ्कोटमा जन्मिनुभएका डा वाग्ले एक प्रखर अर्थशास्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति हुनुहुन्छ । उहाँले विसं २०४२ को प्रवेशिका परीक्षामा बूढानीलकण्ठ स्कुलबाट देशभरबाट दोस्रो स्थान हासिल गर्नुभएको थियो । डा वाग्लेले लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक, हार्वर्ड विश्वविद्यालयबाट अन्तरराष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी (विद्यावारिधि) गर्नुभएको छ ।…
संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
आर्थिक परिवेश१२ चैत काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो । बैठकमा सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता शाहलाई संसदीय नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । बैठकले संसदीय दलका नेतामा शाहलाई चयन गरेलगतै दलको बैठक पार्टीको केन्द्रीय कार्यालय चमतीमा सुरु भएको हो । पार्टीका प्रवक्ता झाले बैठकमा केन्द्रीय समिति सदस्यहरूलाई पनि सहभागी गराइएको जानकारी दिनुभयो । संसदीय दल गठनसम्बन्धी केन्द्रीय समितिबाट पारित प्रस्ताव सभापति रवि लामिछानेले संसदीय दलमा प्रस्तुत…
नवनिर्वाचित सांसदहरुले लिए गोपनीयताको शपथ
आर्थिक परिवेश१२ चैत काठमाण्डाै । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुले बिहिवार पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ। बिहीबार प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनु भएकाे हाे । उहाँहरूले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद्को बहुउद्देश्यीय हलमा शपथ लिनु भएकाे हाे । यसअघि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई सांसदको शपथ गराउनु भएकाे थियाे । राष्ट्रपतिबाट शपथ लिएकाे ज्येष्ठ सदस्यले नै बाँकी सांसदलाई शपथ गराउने व्यवस्था रहेको छ। ससदकाे बैठकमा नेपाली काँगंेस नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेलाइ एकै राेमा बसने व्यव्सथा गरिएकाे छ ।
अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब ३ हजार ५०० प्रस्ताव याेजना आयोगमा
आर्थिक परिवेश१० चैत,काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५०० आयोजनाको प्रस्ताव परेको छ । राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय तहबाट तीन हजार ३५८ र प्रदेशबाट १४० आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको हो । आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमका लागि गत माघ मसान्तभित्र प्रस्ताव पेस गरिसक्न भनेको थियो । आयोगका सहायक प्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार हाल आयोगमा प्राप्त योजना तथा कार्यक्रमको लागत अनुमान तथा विश्लेषण र छनोट भइरहेको छ । “समपूरक र विशेषअनुदानका लागि प्राप्त बजेट…