चैत्र १५ भित्र बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य बजेट सूचना प्रणालीमा पेश गर्नुस
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

०९ चैत, काठमाण्डौ ।     अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयहरू लाई  यही चैत १५ गतेभित्र  आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्न भनेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) अनुसार चैत १५ भित्र सबै मन्त्रालयले आगामी आवको बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य रूपमा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस)मा राखिसक्नु पर्ने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सबै मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेट सीमा (सिलिङ) उपलब्ध गराई सोहीअनुसार चैत १५ भित्र आफ्ना योजना तथा कार्यक्रम एलएमबिआइएसमा प्रविष्ट गरिसक्न भनिएको बताउनु भयो ।  आगामी आव २०८३/८४ को बजेट बनाउने काम भने गत पुसबाटै…

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अनियमितता विशेष अदालतमा मुद्दा दायर
आर्थिक परिवेश

८ चैत, काठमाडौं ।   अख्तियार दुरुपयोग अनुसन्धान आगोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा अनियमितता प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको अदालतका सहप्रवक्ता यज्ञराज रेग्मीलेले जानकारी दिनुभयो । प्रतिवदीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहनुभएको छ । त्यसतै  प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्रसिंह रावल, प्राधिकरणका तत्कालीन निर्देशक स्व ध्रुवदास भोछिभोया, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी रहनुभएको छ । त्यसतै गरी राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक…

ग्लोबल मनी विक २०२६ सोमवारदेखि नेपालमा आरम्भ
आर्थिक परिवेश

०२ चैत्र, काठमाण्डौ ।    विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरताको प्रवद्र्धन र पहुँच विस्तार गर्ने उद्देश्यले ‘ग्लोबल मनी विक २०२६’ सोमवारदेखि नेपालमा आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो चौधौं संस्करण हो । यस बर्षकाे ग्लाेबल मनि विककाे नारा Smart Money Talks रहेकाे छ । सप्ताह अन्र्तगत पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न विद्यालयका कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब ५०० जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रमको उद्घाटन गर्नुहँुदै…

अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि सँगै पेट्रोलियम पदार्थको मूल्य वद्धि
आर्थिक परिवेश

   ०२ चैत्र, काठमाडौँ ।    नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर रु ३१, डिजेलमा प्रतिलिटर रु ५४ तथा खाना पकाउने एलपि ग्यासमा रु २१६ वृद्धि गरिएको छ । सो मूल्य वृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर रु १८८, डिजेल रु १९६ र एलपि ग्यास प्रति सिलिन्डर रु दुई हजार १२६ रुपैयाँ कायम भएको…

फागुन सम्ममा लक्ष्यको ८२.६० प्रतिशत राजस्व संकलन
आर्थिक परिवेश

०१ चैत्र, काठमाण्डौ ।    चालु आर्थिक वर्षको आठौं महिना फागुनसम्ममा सरकारले लक्ष्यको ८२.६० प्रतिशत राजस्व संकलन गरेकोे छ । फागुन मसान्तसम्म सरकारले ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ७ खर्ब ५१ अर्ब ८६ करोड बराबर संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालु आव १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । वार्षिक लक्ष्यको तुलनामा यो राजस्व संकलन ५०.८० प्रतिशत मात्र हो गत आव यसै अवधिको तुलनामा भने राजस्व संकलन ३.०४ प्रतिशतले सुधार भएको छ । अर्थ मन्त्रालयका अनुसार भन्सार महसुल १ खर्ब ५५ अर्ब ९० करोड उठेको छ…