अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल: छलफलका लागि मन्त्रालयले बोलायो
आर्थिक परिवेश

०३ असार, काठमाडाै‌  ।  नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोल पम्पहरूमा सवारी साधनको चर्को लाइन देखिएको छ । पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण अधिकारण ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आबद्ध चालकहरूले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलन भएपछि आज उद्योग,…

११ महिनामा सरकारको विकास खर्च ४४ दशमलव ६८ प्रतिशत मात्रै
आर्थिक परिवेश

०२ असार,काठमाडौं ।    चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको छ । यस अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बजेट खर्च हुदाँ विकास खर्च भने ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । उक्त बजेटमा चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकोमा जेठ मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर मात्रै…

काेशी सरकारले ल्यायाे ३५ अर्ब २७ करोडकाे बजेट
आर्थिक परिवेश

०१ असार, विराटनगर ।   कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ६३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १४ अर्ब ४७ करोड ३० लाख, पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख र वित्तीय व्यवस्थापनतर्फ ४ अर्ब ५८ करोड ५० लाख रहेको छ । प्रदेशका १३७ पालिकाहरूलाई विभिन्न अनुदानतर्फ भने कोशी सरकारले ४ अर्ब ५८ करोड ५० लाख रकम विनियोजन गरेको छ । अघिल्लो पटक आर्थिक मामिला मन्त्रालय समेत सम्हाल्नुभएका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेश…

 कर्णाली प्रदेशकाे बजेट ३१ अर्ब ४१ करोडकाे
आर्थिक परिवेश

०१ असार, सुर्खेत ।   कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रस्तुत गर्नुभएको कुल बजेटमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४.१२ प्रतिशत बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ६९.७ प्रतिशत बजेट सरकारले विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार बजेट विनियोजन गरेको मन्त्री केसीले बताउनुभयो । मन्त्री केसीले आगामी आर्थिक वर्षको…

लुम्बिनी प्रदेश  सरकारले ३८ अर्ब ९७ करोडकाे बजेट पेश
आर्थिक परिवेश

०१ असार, दाङ । लुम्बिनी प्रदेश  सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सरकारले कूल विनियोजन मध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि उक्त बजेट संसदमा प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री आचार्यले आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड…